×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

यी ६ कलाकार जसलाई डुबायो आफ्नै बोलीले

  •  
  • आइतबार, असार २१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    लकडाउन अगाडि प्राइम टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘रजतपट अंकल’ मा दिएको अभिव्यक्तिका कारण अभिनेत्री पूजा शर्मा अहिले ‘भाइरल’ छिन् । कार्यक्रम संचालक प्रकाश सुवेदीले नेपालमा कति वटा जिल्ला र प्रदेश छन् भनेर उनलाई प्रश्न गरेका थिए ।

    जवाफमा उनले अनुमानको भरमा अकमकिदै १४ जिल्ला र ७२ प्रदेश रहेको भनेपछि अहिले उनी आलो चनाको पात्र बनेकी छिन् । आफ्नो देशको जिल्ला र प्रदेशबारे सामान्य ज्ञान पनि नराखेको भन्दै अहिले उनको सामाजिक संजालमा चौतर्फी आलो चना भइरहेको हो । धेरैले उनको भिडियो क्लिप्सलाई भाइरलमात्रै बनाएका छैनन्, ट्रोलसमेत बनाइरहेका छन् ।

    यो त पछिल्लो एउटा उदाहरणमात्रै हो । कुनै तयारीविना अन्तर्वार्ता दिन जाँदा या आफूले नजानेको विषयमा पनि अनुमानका भरमा जवाफ दिँदा, आफ्नो बोलीले भोलि पार्नसक्ने प्रभाव हेक्का नराखी जथाभावी बोल्दा नेपालमा थुप्रै कलाकारहरू यसरी वि वादमा तानिने गरेका छन् ।

    दीपाश्री निरौलाको महानायक काण्ड-

    कलाकार दीपाश्री निरौलाले पुजाले दिएकै टेलिभिजनको ‘रजतपट अंकल’ कार्यक्रममा प्रस्तोता प्रकाश सुवेदीले ‘छताछुल्ल भएर पनि राजेश हमाल महानायक भएका छन्’ भनेर प्रश्न गरेका थिए । दीपाश्रीले त्यसको जवाफमा राजेश हमाललाई महानायक तपाईले बनाइदिनुभएको भनेर उल्टै प्रश्न गरेकी थिइन् ।

    आज त्यहि प्रश्नको जवाफमा आलोचना खेपिरहेकी छन् । उनले उक्त अन्तर्वार्तामा भनेकी छन् , ‘नेपाली चलचित्रको राजेश दाई एउटा खम्बा चाहिँ हो । राजेश दाई उभिँदा खेरि एउटा राम्रो नायकको रूपमा परिभाषित गर्ने पर्छ ।’ उनको अन्तर्वार्ताबाट टेलिकास्ट हुने वितिक्कै केहि छिनमै भाइरल भयो ।

    दीपाश्रीलाई त्यहि बोलीको वाक्यले गर्दा चौतर्फी गालीको बर्षा हुन थाल्यो । तथानाम गाली आउन थालेपछि उनले बुधबार बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत माफी सबैसँग मागेकी छन् । उनले लेखेकी छन्, ‘ मेरो अभिव्यक्तिले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकोमा भने म सबै हमालज्यूको फ्यानहरूसंँग माफी माग्दछु ।

    अब भबिष्यमा अन्तर्वार्ता दिँदा, पत्रकारको आशय र उसको उदेश्य बुझेर शब्द संयोजनमा सचेत भएर जवाफ दिने कोशिस गर्नेछु । एउटा महिला कलाकार हुँ । मेरो त्रुटिमा मन दुखाउने र सुझाबहरू दिने आदरणिय महानुभावहरूप्रति त म सधैँ झैँ नतमस्तक छु । मेरो कारणले मन दुखेको होला क्षमा चाहन्छु है ।’

    तर, पूजाले आफू चिप्लिएको विषय केही प्रतिक्रिया जनाएकी छैनन् । उनको अभिव्यक्ति विवादमा आएपछि टेलिभिजन च्यानलले समेत उनको आग्रहमा युट्युबबाट उनको अन्तर्वार्ता हटाइदिएको छ ।

    प्रियंकाको ‘अमेरिका र यूएस’-

    केहि बर्ष अगाडि अभिनेत्री प्रियंका कार्कीले तीन बर्ष अगाडि मज्जाको अनलाईन टिभीलाई अन्तर्वार्ता दिने क्रममा प्रस्तोता अर्जुन केआरले तपाईको अमेरिका कति औँ पटक हो भनेर सोधेका थिए । उनले हतार हतारमा युके युएस धेरै पटक गइसके तर अमेरिक भने पहिलो पटक आएको बताएकी थिइन् ।

    उनले उत्साहका साथ आफु घुमेको ठाउँबारे निर्धक्क भनेकी थिइन् । जुन भिडियो युट्युवबाट सार्वजनिक भयो तर उनलाई उडाउनेको भिड कम भएन । उनी आफ्नै बोलीका कारण लामो समय आलो चित र ट्रोलको शिकार भएकी थिइन् । अभिनेत्री प्रियंका कार्कीको यस पछाडी पनि धेरै वटा अन्तर्वार्तामा बोलि चिप्लिने गरेको छ ।

    सेलिब्रटी भइसकेपछि के बोले भन्ने कुरामा आफु सजग हुनुपर्ने हो तर यस्ता कुरामा उनीहरू वास्ता गर्दैनन् । नेपाली फिल्मी लोकप्रिय अभिनेत्री शिल्पा पोख्रेलले दिएको एउटा अन्तर्वार्ता पनि उस्तै भएको थियो । पत्रकारले राजधानी कुन जिल्लामा पर्छ भनेर प्रश्न गरेका थिए ।

    उनले हाँस्दै काठमाडौ भनिन् । त्यस लगत्तै उनलाई अर्को प्रश्न गरियो । काठमाडौ कुन जिल्लामा पर्छ । उनले फेरि जवाफ पर्काएकी छन् बाग्मती । उनलाई यति सानो कुरा पनि दोहोर्याएर सोधिएको प्रश्नको जवाफ दिन शिल्पाले ढिला गरिनन् । उनले निर्ध क्कका साथ बागमती भनेपछि उनी ट्रोल र टिकटकको शिकार
    बनिन् ।

    वर्षा राउतको भारतीय साथी रिसाउने डर-

    गत महिना लकडाउनको समयमा अभिनेत्री बर्षा राउतको बोली नराम्रै तरिकाले चिप्लियो । उनले एउटा युट्युव च्यानललाई अन्तर्वार्ता दिने क्रममा देशको माया लाग्छ भन्दैमा तिमीहरू किन यस्तो झ गडा गर्ने कुरा होइन नि । यो त उताको सरकार र यताको सरकार टेवल टक गरेर समाधान गर्ने कुरा हो नि त ।

    यता त दुइटै जर्नालिष्ट मिलेर झ गडा पारिराछ । इण्डियन फ्रेण्डसँग कसरी मैले फेस गर्ने अनि इण्डियन फ्रेण्ड मसँग कसरी फेस गर्ने भइराछ अहिले क्या ? अभिव्यत्ति दिएपछि उनी मज्जाले गाली गलौजको शिकार हुनु परेको थियो । चौतफी आलोजना खेपेकी बर्षाले गाली सहन नसकेर माफी मागेकी थिइन् ।

    आस्थाको एयरपोर्ट काण्ड-

    गएको माघमा आस्था राउत चर्को विवादमा तानिएकी थिइन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट भद्रपुरतर्फ उड्ने तयारीका क्रममा महिला प्रहरीले आफुलाई दुव्यवहार गरेको भन्दै रिसले चुर भएकी आस्थाले भद्रपुरमा विमानबाट ओर्लिएर गाडीमा कार्यक्रमतर्फ जाँदै गर्दा फेसबुक लाइभमा आएर प्रहरीलाई गाली गरिन् ।

    विमानस्थलमा आफुलाई महिला प्रहरीले दुव्य वहार गरेको भन्दै फेसबुक लाइभबाटै प्रहरीलाई ‘डन्ठे’, ‘प्युसा’, ‘प्युपा’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेपछि उनी विवा दमा तानिएिकी थिइन् । उनले लाइभ गरेको भिडियो एकै छिनमा भाइरल भयो र उनको चौतर्फी आलो चना भयो । यसरी आफ्नो सबैतिरबाट आलो चना बढेपछि आस्थाले आफ्नो फेसबुकबाट भिडियो डिलिट गर्दैै क्षमा मागेकी थिइन् ।

    किन यस्तो हुन्छ ?

    अन्तर्वार्तामा दिएका अभिव्यक्तिकै कारण अभिनेत्रीहरू धमाधम विवादमा तानिन थालेपछि कलाकार दीपकराज गिरीले यसमा सेलिब्रेटी र पत्रकार दुवैको दोष देखाएका छन् । सेलिब्रेटीले कुनै तयारीबीना अन्तर्वार्ता दिन जाँदा यस्तो परिणाम भोग्नुपरेको बताएका छन् ।

    ‘यस्तै चटपटे हेडलाइन खोज्नेहरूका लागि २४ घन्टा उपलब्ध हुन्छौ हामी । चलचित्रको प्रमोशन देखि हरेक कुरामा कुनै सिमाना देख्दैनौँ , अन्तर्वार्तालाई सामान्य रूपमा लियौ र लिन्छौ पनि । घण्टौ क्यामरा अगाडि फतफताएर आफूले आफूलाइ धेरै पल्ट सस्तो पनि बनायौ ।

    अब यस बारेमा सोच्ने बेला आयो कि ? यस कारण आजको यस्तो परिणाम आएको दीपकराज गिरीको भनाईछ । उनले आफ्नो फेसबुकमा लेखेका छन, ‘राम्रो नियत भएको, हेडलाइनमा जोड नदिने, सकारात्मक पत्रकारीता गर्ने साथीहरू लाई हामी कहिल्यै स्थान दिदैनौ ।’ उनको भनाईको आशयले के बुझिन्छ भने कलाकार अन्तर्वार्ताका लागि भनेपछि ज्यान छोडेर जान्छन् तर विना तयारी जसले गर्दा आफैलाई हानि पु¥याई रहेको छ ।

    अर्का निर्देशक तथा कलाकार निर्मल शर्माले सिनियर कलाकारलाई सम्मान गर्नुपर्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन् ,‘ हत्या हिंसा, तस्करी, देश द्रोह गरेको जो सुकै भएपनी छोड्नु हुन्न, तर एउटा अन्तर्वार्तामा अली शब्द चिप्लन गएकोमा ज्यानमारा खाले आ रोप पनी नलगाउ हजुर फेरि उहाँले ग ल्ती भएको स्विकार गरिसक्नुभएको छ । मेरो १७ बर्षको सहकार्यमा उहाँले सिनियरहरू प्रती गर्ने सम्मानको साक्षी म पनी छु । अन्तर्वार्ता मोहमा नफस्नु नै उत्तम उपाय हो ।

    म ३–४ बर्षदेखी यही भन्दै आईरहेको छु । दिपाजी एउटा भयकंर प्रतिभावान चलचित्रकर्मी हो । म हाल टिममा आवद्ध नभएपनी धेरै कामहरू सिकेको छु । दिपकजी दिपाजीबाट र गुरु गुरुआमा मान्छु । मैलै निर्माण गरेको ३ चलचित्रमा राजेश हमाल सर हिरो हुनुहुन्थ्यो ।

    उहाँ महानायक नै हो । तर सबैलाई लाग्नै पर्छ भन्ने पनी भएन तर वर्तमान बहसले झनै ‘महानायक’ लालपुर्जा प्राप्त भए सरह नै भयो । सिनीयरलाई सधैँ उच्च सम्मान गर्नैपर्छ । हरपल अन्तर्वार्ता सौखबाट बच्नैपर्छ । बोल्दा बिचार पुर्याउनै पर्छ । अनी अब हामी यसैमा मात्र नअल्झेर देश समाज अनी आफ्नो बिकास पनी गर्नैपर्छ ।’ उनले सुझाव दिएका छन् ।

    यस्तै चलचित्र पत्रकार संघ नेपालकी उपाध्यक्ष दीपज्योती थापाले भने यसमा पत्रकारलाई दोष देखाउन नमिल्ने लेखेकी छिन् । उनी भन्छिन्, ‘बिना तयारी अन्तर्वार्तामा जानू कलाकारको कमजोरी हो । बिना तयारी धेरै प्रश्नको उत्तर दिन जिब्रो लरबरिन्छ । तर कतिपय कुरा थाहा हुनैपर्छ ।’ अहिले आएको जटिल कुरा कलाकारबाट भएको उनको भनाई छ । उनले पत्रकारहरूले जे प्रश्न पनि सोध्न सक्छन् तर सामान्य तयारी विना कलाकार बोल्छ भने, त्यो उसको कमजोरी हो ।

    दीपज्योतीले अभिनेत्री पुजा शर्मालाई कटाक्ष गर्दै लेख्छिन,‘ पत्रकारले नानाथरि प्रश्न गर्यो, अन्तर्वार्ता देखि होसियार भन्न सुहाउँदैन । पछिल्लो समय प्रसारण भएका अन्तर्वार्तामा कि सामान्य ज्ञानको कमि देखिएको छ कि त ओभरस्मार्ट र घमण्ड ! झुक्केर चिप्लिएको त कुरै छैन ।

    उदाहरणका लागि यतिसम्म केयरलेस कि आफ्नै चलचित्र बिकास बोर्डको अध्यक्ष पनि को रहेछ थाहा नहुने ? चलचित्र बिकास बोर्डकी पुर्व अध्यक्षलाई सञ्चारमन्त्री रे ! सामाजिक सञ्जालमा दो स्ती छरप्रष्ट भैरहेकै हुन्छ त ।’ उनीहरू कतिको देश तथा अन्य कुरामा ख्याल राख्दारहेछन् भन्ने कुरा उनीहरूले दिएको अन्तर्वार्ताले बताइ रहेको हुन्छ ।

    हरेक मान्छे हरेकमा विज्ञ नहोला तर सेलिब्रेटीले सामान्य कुरा बोल्दा खेरि शब्दको ख्याल नगर्दा आफैलाई अफ्ठ्यारो पारेको चाल नै पाउदैनन् । उनीहरूले अन्तर्वार्ता दिएपछि मैले बोलेको कुराले कति हेक्का राख्छ भन्ने कुरा सोचेको पनि हुदैनन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, असार २१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.