गोरखा समाचारदाता
काठमाण्डौं – कोरना कहरले नेपाली मनोरंजन क्षेत्र नराम्रो संग प्रभावित भएको छ । फिल्म, संगीतका कामहरु ठप्प भैरहदा बिस्तारै यस क्षेत्र संग सम्बन्धित व्यक्तिहरु आफ्ना सिर्जना सार्वजनिक गरिरहेका छन्।
अमेरिकामा बसेर ‘हरेक प्रतिभाको सम्मान र विकाश हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली गीत संगीतमा क्रियाशील बहमुखी प्रतिभाका धनी गीतकार तथा संगीतकार सर्गम राईले आफ्नो बिल्कुलै नयाँ अफ़िसिएल म्युजिक भिडियो ‘दुई मुटु’ सार्वजनिक गरेका छन् ।
रोमाण्टिक भर्सनको यस गीतमा तारा प्रकाश लिम्बु र अनु चौधरीको युगल स्वर रहेको छ । गीतमा शब्द, संगीत सर्गम राईको रहेको छ । यस गीतलाई सविन लिम्बुले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा अनिता गोले, अभि लामा र फलित राई फिचर्ड छन् । भिडियोलाई सुर्य लामाले छायांकन तथा सम्पादन गरेका हुन् । युद्ध लामा सहायक निर्देशक रहेको भिडियोलाई अभि लामाको निर्देशनमा तयार पारिएको हो । द आरजीटी फिल्म्सको अफ़िसिएल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ।
नेपाली कला, साहित्य र संगीतलाई मनैदेखि माया गर्ने सर्गम राईले यसअघि ‘सुस्तरी सुस्तरी’, ‘ए माया’, ‘शितल शितल’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । यस म्युजिक भिडियो मार्फत दर्शक, स्रोता तथा मिडिया हाउस बाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राईले राखेका छन् ।




















