भारतीय मूलकी अमेरिकी । र्यापर गीतकार राजा कुमारीले आफ्नो नयाँ एकल गीत सिंगल पिस रिलिज गरेकी छन्। यसको माध्यमबाट उनी आफैंभित्र शान्ति खोज्न आग्रह गर्दै छिन्। पिस राजाको डेब्यु एल्बमको दोस्रो गीत हो।
यसअघि उनले एनआरआई रिलिज गरेकी थिइन्। पिसमा ड्रिमी इमर्सिब बिट्स, खारी ब्राउनको लेयर्ड प्रोडक्सनसँग एल्बिस ब्राउनको विशेष बोल छ। यो अभिव्यक्ति, आशावाद र आध्यात्मिकताको विषयमा तल्लीन गीत हो।
यसबारेमा राजाले भनिन्, ‘मानसिक रूपमा मलाई जानकारी थियो कि म र मेरो परिवारप्रति ध्यान केन्द्रित गर्न रिसेट गर्नुपर्ने हुन्छ। यो गीत मेरो जीवनमा शान्तिका लागि सकारात्मक मन्त्रको रूपमा लेखिएको हो।’
उनले अगाडि भनिन्, ‘हामीले यो भिडियो क्वारेन्टिनको बीचमा सुट गरेको हो। सेटमा म ठूलो समूह राख्न मन पराउँछु जसले मेकअपदेखि लोकेसनसम्मको सबै काम सम्हालोस्।’


