×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

फिल्म नगरीमा ‘स्टाटस आतंक’

  •  
  • शनिबार, असार २०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना भाइरसका कारण चार महिनादेखि मनोरञ्जन उद्योग ठप्प छ। तर फुर्सदको यो समयमा सिर्जनशील काम गर्नुको सट्टा कलाकार, निर्माता तथा निर्देशक भने सामाजिक सञ्जालमा ‘स्टाटस आतंक’ मच्चाइरहेका छन्। यो प्रवृत्ति अहिले व्यक्तिगत गालीगलौज हुँदै कानुनी कारबाहीमा जाने अवस्थासम्म पुगेको छ। सामाजिक सञ्जालमा निम्न स्तरका टिप्पणी छताछुल्ल भइरहेका छन्। कसैलाई बोल्दा चिप्लिएको आफ्नो जिब्रो सच्याउँदैमा फुर्सद छैन भने कसैलाई स्पष्टीकरण दिँदैमा।

    सामाजिक सञ्जालमा केही दिन यतादेखि चलेको अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहको जुहारीले अर्कै मोड लिएको छ। साम्राज्ञीले इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै फिल्मको सुटिङ सेटमा तीन ब्यानरका व्यक्तिले नराम्रो व्यवहार गरेको उल्लेख गरेकी थिइन्। उनले आफूप्रति लक्षित गरेर बयान दिएको भन्दै भुवनले फेसबुकमा स्टाटस लेखेर ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै जवाफ फर्काएपछि साम्राज्ञी अझ खुलेर आइन्।

    यसपछि अभिनेता भुवनले चलचित्र कलाकार संघमा सत्यतथ्य छानबिनको माग गर्दै निवेदन नै दर्ता गराएका छन्। अहिले निवेदन संघको अनुशासन समितिमा पुगेको छ। उनको निवेदनमा उल्लेख छ, ‘म विगत चार दशकदेखि अभिनय र निर्माणको काममा नियमित छु। यसबीचमा धेरै चलचित्रकर्मीसँग मैले काम गरेँ। साम्राज्ञीलाई पनि मैले चलचित्रको मुख्य भूमिकामा काम गराएको छु।

    आजभन्दा पाँच ६ वर्ष अगाडि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’मा मैले कुनै किसिमको दुव्र्यवहार गरेको छैन। यो कुरा त्यति बेला काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ।’ अनावश्यक कुरा सामाजिक सञ्जालमा राखेर आफ्नो चरित्र हत्या गर्ने दुस्साहस भएको उनको भनाइ छ। भुवनले संघमा निवेदन दिनुभन्दा अगाडि फेसबुकमा साम्राज्ञीलाई सम्बोधन गर्दै पत्र लेखेका छन्।

    भुवनले आफ्नो मान–प्रतिष्ठामा आघात पुग्ने गरी पुनः सामाजिक सञ्जालमा आए प्रचलित साइबर कानुन र मानहानिसम्बन्धी कानुन प्रयोग गरी आफूलाई पुग्न गएको मानसम्मानको हानिनोक्सानीउपर यथोचित क्षतिपूर्ति गराउने पनि उल्लेख गरेका छन्।

    यसैबीच साम्राज्ञीले पनि इन्स्टामा अर्को भिडियो सेयर गर्दै भविष्यमा यस्ता व्यवहार भए के गर्ने भनेर चाँडै कानुनी परामर्श लिन लागेको बताएकी छन्। ‘आशा गर्छु, भविष्यमा यस्ता कुरा नहून्। यस्ता कुरा भयो भने अब म कानुनी बाटो रोज्छु। चाँडै म यो विषयमा कानुनी सल्लाह पनि लिने सोचमा छु। म अरूलाई पनि अन्याय सहेर नबस्न सल्लाह दिन्छु’, उनले भनेकी छन्।

    साम्राज्ञीको समर्थन गर्दै केही कलाकारले स्टाटस लेखेका छन्। प्रियंका कार्की, आशिरमान देशराज जोशी, शुभेच्छा खड्का, सुनिशा बजगाईं, सन्ध्या केसी, निशा अधिकारी, निर्माता अर्जुन कुमार, निर्देशक कुमार भट्टराईलगायतले साम्राज्ञीलाई समर्थन गर्दै आफूमाथि भएको शोषणविरुद्ध बोल्ने हिम्मत गरेकोमा उनको प्रशंसा गरेका छन्।

    अभिनेता कर्मा शाक्यले साम्राज्ञीले निर्माता तथा निर्देशकबाट सहनु परेको नराम्रो व्यवहारबाट आफू लज्जित भए पनि अचम्मित नभएको बताएका छन्। इन्स्टा स्टोरीमा उनले लेखेका छन्, ‘यस्तो परिस्थिति सामना गरेपछि आफ्नो मन र मुटुबाट कुरा गर्नका लागि साहस र हिम्मत चाहिन्छ।’ भुवनको समर्थनमा पनि वाल भरिँदै गएको छ।

    उता ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपा श्री निरौला पनि आफ्नो अभिव्यक्तिका कारण आलोचित भएकी छन्। एक अन्तर्वार्तामा अभिनेता राजेश हमाललाई दिइएको ‘महानायक’को उपाधिमाथि प्रश्न उठाउँदा सामाजिक सञ्जालमा उनले विरोधको सामना गर्नु परेको छ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, असार २०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.