संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलबीच शुक्रबार विवाह भएको छ । सिमित आफन्त र केही साथीभाइलाई बोलाएर बुढानिलकण्ठ मन्दिरमा पुगेर शुक्रबार उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।
नेपाल सांगीतिक क्षेत्रका सफल संगीकारको परिचय बनाएका अर्जुन र गायिका दुर्गा सात वर्षदेखि अनुराग संगीत विद्यालयमा आवद्ध छन् ।
‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, किस्मत २, क्याप्टेन’ लगायत दजैनौं चलचित्रका गीतमा अर्जुनले संगीत भरेका छन् भने अर्जुनका धेरै गीतमा दुर्गाको आवाज समेटिएको छ ।
नेपाली सांगीतिक क्षेत्रका स्थापित संगीतकर्मी हुन् अर्जुन पोखरेल । खासगरी नेपाली चलचित्रका लागि उनले थुप्रै लोकपि्रय गीत-संगीतहरु दिइसकेका छन् ।
गायकको रुपमा समेत दर्शकमाझ आइसकेका यी संगीतकारले संगीतबद्ध गरेका केही लोकपि्रय गीतहरुमा ‘तिमी रोएको पल तिमीलाई’, ‘म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस्’, ‘सुन्छु तिमीले मलाई’, ‘ओई झुमा काले काले केटाले’, ‘भन्छु आज’, ‘तिम्रो आँखामा आँशुहेरी’, ‘साइबा हो साइबा’, ‘किन आजकल तिम्रो मन मैलो’, ‘मैले सोचेको जस्तै’, ‘आफ्नै जिन्दगी’, ‘रहर छ सँगै’, ‘पछि उमेर ठल्किन्छ’, ‘तिम्रो लागि म छु’, ‘मैले तिमिलाई मन पराको अवस्था हो’, ‘तिमी लाइटर म भाको चुरोट’ आदि अत्यन्त लोकपि्रय छन् ।
दर्जनौं नेपाली चलचित्रमा संगीत दिइसकेका संगीतकार पोखरेलले सुगम संगीतमा आधारित आधुनिक तथा लोक गीतमा पनि आफ्ना सिर्जना प्रस्तुत गरिसकेका छन् ।


