बलिउड फिल्म इन्डस्ट्रीमा यतिबेला ‘नेपोटिज्म’ को विषयमा बहस चर्किएको छ । अभिनेत्री कंगना रनावतलगायत कयौं परिचित अनुहारहरुले यस विषयमा आफ्नो धारणा राखिसकेका छन् ।
बलिउडका दिग्गज कलाकारहरुले पनि ‘नेपोटिज्म’ को बारेमा आफ्नो विचार राख्न सुरु गरेका छन् । यसबीच, अभिनेता सैफ अली खानले यस विषयमा चकित पार्ने खुलासा गरेका छन् ।
उनी बलिउडमा लामो समयदेखि सक्रिय छन् र उनको परिवारको पनि फिल्म इन्डस्ट्रीमा एक समय राम्रो बोलबाल थियो । यसको बावजूद पनि सैफले आफू ‘नेपोटिज्म’ को शिकार भएको बताएका छन् ।
उनले भनेका छन्, ‘नेपोटिज्मको शिकार म पनि हुँ । तर, कसैलाई पनि यसमा चासो छैन । म नाम लिन्नँ तर कयैन् पटक मलाई फिल्ममा नलिन कसैको पिताको फोन आउँथ्यो ।’
अभिनेता सैफले बलिउडमा व्याप्त ‘नेपोटिज्म’ को कल्चरबाट खुसी नभएको बताएका छन् । उनी थप्छन्, ‘कुनै विशेष वर्गलाई बढी मौका दिनु र प्रतिभावान व्यक्तिलाई छाड्नु राम्रो होइन ।
नेपोटिज्ममा सबैभन्दा नराम्रो पक्ष के हो भने सक्षम र राम्रा कलाकारलाई छाडेर कमजोर व्यक्तिलाई लिने गरिन्छ । अब मसँग यसको कुनै जवाफ छैन । तर, बलिउडमा यस्तो हुन्छ ।’




















