काठमाडौँ १८ असार / चर्चित मोडेल तथा गायक दुर्गेश थापाले नयाँ गीत बजारमा लिएर आएका छन् । गत वर्ष तीजको लागि थापाले गाएको “बिच बिचमा” बोलको गीतले सर्वाधिक चर्चा बटुल्न सफल भएपछि, यो वर्ष बिच बिचमा भाग २ “एउटा फोटो खिच” दुर्गेश थापा युट्युब च्यानल बाट भर्खरै सार्वजनिक गरिएको छ ।
कोरोना महामारी र लकडाउनको बन्दा बन्दी अवस्थामा सावधानी अपनाउँदै भिडियो छायाङ्कन गरेर दर्शक श्रोतामाझ ल्याएको थापा बताउँछन् ।
यस गीतको भिडियो मा चर्चित अनुहारहरूलाई देख्न सकिन्छ । शिव विकको निर्देशनमा अर्जुन तिवारीले खिचेको भिडियो लाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
कलाकारहरू : दुर्गेश थापा, जीवन शाहनी क्षेत्री, जीवी चिरन, सारिका केसी, दीपाशा बिसी, अस्मिता जुरेली, टीका जैसी, सबिता राई, इनि विष्ट, शिल्पा खड्काको दमदार अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस् :


