×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपाली मूलका कर्टिस वाटर्स अमेरिकी संगीतमा चम्किँदै

  •  
  • बिहिबार, असार १८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कर्टिस वाटर्स नामले चिनिने नेपाली मूलका अभि बस्ताकोटी अहिले अमेरिकी संगीत क्षेत्रमा चर्चामा छन्। ‘स्टनिन’ शीर्षकको उनको गीत अहिले चर्चित बनेको छ। ‘स्टनिन’मा टिकटक पुस्तालाई लक्षित गरी बिच पार्टीको पपर्‍याप समेटिएको छ।

    हालसम्म दुई लाख ८० हजारभन्दा बढी व्यक्तिले स्टनिनको टिकटक भिडियो बनाइसकेका छन्। यी भिडियो हेर्नेको संख्या करोड नाघिसकेको छ। कर्टिसको आफ्नै युट्युब च्यानलमा पनि हालसम्म २० लाख दर्शकले सो भिडियो हेरेका छन्।

    टिकटकमा सर्वाधिक चर्चा बटुलेको ‘स्टनिन’ मे १९ मा सार्वजनिक भएपछि गत साता यसले विश्वको चर्चित डिजिटल म्युजिक प्लाटफर्म स्पोटिफाईमा पनि कीर्तिमान कायम गर्‍यो, अहिले पनि टप हिट्समा छ। ‘स्टनिन’ले अझै पनि दैनिक स्पोटिफाईमा सात लाखभन्दा बढी भ्युअर पाउँदै आएको छ। हालसम्म स्पोटिफाईमा एक करोड ५० लाख स्ट्रिमिङ भइसकेको छ भने कर्टिसका स्पोटिफाईमा मासिक श्रोता पनि झन्डै ३५ लाख भएका छन्।

    ‘स्टनिन’ टिकटकमा भाइरल हुन थालेपछि नेगोसिएसनको प्रकृति पनि परिवर्तन भएको छ। ‘अधिकांश कम्पनीले टिकटकको हिट हेरेर मलाई फोेन गरिरहेका छन्’, कर्टिस भन्छन्, ‘मेरा बाँकी एल्बमका बारेमा उनीहरू केही सुन्न चाहँदैनन्। यस्तो कुरा बुझ्नेचाहिँ क्रिस हुन् भन्ने मलाई लाग्छ।’ क्रिसले कर्टिसलाई तीनवटा एल्बमका लागि डिल गरेर निश्चित समयावधि तोकी उनका म्युजिकलाई व्यावसायिक रूपमा प्रमोसन गर्ने भएका छन्।

    स्पोटिफाईको ग्लोबल भाइरल लिस्टमा पनि उनी विगत तीन हप्तादेखि दुई नम्बरमा छन्। अमेरिकी चर्चित म्यागेजिन रोलिङस्टोनले पनि उनको फिचर गरको छ भने टुडे म्यागाजिनले ‘संगस् अफ समर–२०२०’को सूचीमा लेडी गागा लगायतका चर्चित कलाकारका गीतसँगै कर्टिसको ‘स्टनिन’लाई पनि समावेश गरेको छ।

    कर्टिस वाटर्स नामले चिनिने अभि बस्ताकोटी नेपालमा जन्मिएका हुन्। हाल उनी आफ्ना बुवाआमासँग अमेरिकाको नर्थ क्यारोलाइनामा बस्दै आएका छन्। उनले ६ वर्षदेखि संगीत क्षेत्रमा काम गर्दै आएका छन्। कर्टिसले ‘स्टनिन’ सार्वजनिक गर्नुअघि अप्रिलको पहिलो साता आफ्नो भाइसँग मिलेर पहिलोपटक टिकटक भिडियो सार्वजनिक गरेका थिए।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, असार १८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.