केही दिन अघि दिएको एउटा अन्तर्वार्ताका कारण विवादमा आएकी कलकार निर्देशक दीपाश्री निरौलाले माफी मागेकी छिन् ।
अभिनेता राजेश हमालबारे दिइएको अभिव्यक्तिका कारण विवादमा परेकी उनले सार्वजनिक रूपमा क्षमा याचना गरेकी हुन् ।
उनले राजेश हमाललाई महानायक नमान्ने आफ्नो हैसियत नभएको भ नि आफ्नो फेसबुक वालमा लामो स्ट्याटस पोस्ट गर्दै हमालका फ्यान सँग माफी मागेकी हुन् ।
उनले स्ट्याटसमा आफू राजेश हमाललाई भगवान नै मान्नुपर्छ भन्ने पक्षमा नरहेको पनि उल्लेख गरेकी छिन् ।
चलचित्र क्षेत्रको महानायक भएपछि चलचित्र क्षेत्रमा परेको विषम परिस्थितिमा एउटा अभिभावकको भूमिका निर्वाह गरेर, आफूलाई वर्षौँदेखि सहयोग गरेका प्राविधिकलाई परेको पिर मर्कामा सहयोग गर्न नसकेको र हमाल महानायक हुन नसक्ने भनी अभिव्यक्ति दिएकी थिइन् ।
उनको यस अभिव्यक्तिले हमाल का फ्यान भड्किएका थिए भने दीपाको आलोचना भएको थियो ।
पछिल्ला दिनहरूमा कलाकारले अन्तरवार्ता मा होस् या अन्य अवस्थामा आफ्नो अभिव्यक्ति दिँदा विचार नगरी र तयारी नगरी बोल्दा निकै आलोचना खेपिरहेका छन् ।
यसले कलाकारले आफ्नो अभिव्यक्ति राख्नु अघि केही सोचेर वा तयारी गरेर मात्र बोल्नु पर्ने हो कि भन्ने प्रश्न उठेको छ ।
एउटा कलाकार माथि सबैको नजर पुगिरहेको ।
हुन्छ उसले बोल्ने कुरा देखि रहनसहनको बारेमा जानकारी राख्ने उत्सुकता दर्शकहरूमा हुन्छ नै यसर्थ आफूलाई माया गर्ने र सम्मान दिने दर्शकको मन राख्न कै लागि भए पनि कलाकारले अलि बढी सजग हुनु पर्ने देखिन्छ ।


