टिकटककै विषयमा समीक्षा अधिकारी र राजेन्द्र कँडेलको स्वरमा अर्को गीत पनि आएको छ। ‘टिकटिक काण्ड’ बोलको गीतमा दाल पकाउँदा चिनी हाल्ने, चियामा नुन हाल्ने श्रीमती र श्रीमान्को झगडालाई समेटिएको छ। श्रीमती टिकटकले बिग्रिएको र श्रीमान् रक्सीले बिग्रिएको भन्दै एकअर्कालाई आरोप लगाउँदै कमेडी पारामा गीतको भिडियो बनाइएको छ।
यै मोबाइलले ल्यायो हामी दुईमा फाटो
दालमा चिनी हालिछे नुन हाल्नुका साटो।
गाउन नि पाइने नाच्न नि पाइने,
रुन नि पाइने, हाँस्न नि पाइने,
टिकटिक भएसी मेरी बूढीलाई केही नि नचाइनी…
भीडीयो हेर्नुस


