विदेश बसेर दुःख गरेर फर्कंदा श्रीमान्ले सबै सम्पत्ति उडाएको गुनासो गर्दै ‘ससुराली’ बोलको गीत सार्वजनिक भएको छ। बालबच्चाको सुखी जिन्दगीका लागि विदेशमा दुःख गरेर फर्किएकी चेली र उसको श्रीमान्को झगडाको दृश्यमा यो गीत उनिएको छ।
श्रीमान्– श्रीमतीमा जति नै असमझदारी भए पनि माइती पक्षले सदैव मिलेर बस्न कर लगाउने यथार्थलाई गीतले समेटेको छ।
सम्पत्ति कमाउन सकेपछि परिवारमा महिलाको हैसियत अलि माथि उठ्छ र उसले अन्याय सहन सक्दिन भन्ने पक्षलाई यो गीतले उठाएको छ। गीतमा पुरुषोत्तम न्यौपाने र तेजेश रेग्मी, मञ्जु विक, गणेश पौडेलको स्वर छ।
गीतको शब्द छ :
वर्षौंपछि भेट हुँदा नि राम्रोसँग बोल्दिन।
यसको मनमा के छ कुरा खोल्दै खोल्दिन
पहिला त ठीकै हो,
अहिले त फूर्ति निकै भो।
भीडीयो हेर्नुस




















