×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

  •  
  • बुधबार, असार १७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पछिल्ला वर्ष चर्चा कमाइरहेको सामाजिक संजाल हो– टिकटक । आफ्नै आवाजमा वा कसैको संगीतमा अभिनय गरेर भिडियो पोष्टका लागि टिकटक चर्चित छ । फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्स्ट्राग्राम जस्तै टिकटक पनि एक भिडियो सेयरिङ प्ल्याटफर्म हो । सन् २०१६ मा लन्च भएको यो एप विश्वव्यापी रूपमा प्रयोग भइरहेको छ । विशेषगरी लक डाउनपछि फुर्सदिलो समयमा आम मानिसदेखि सेलिब्रेटीसम्मको दिन कटाउने मेलो बनेको छ– टिकटक ।

    साहित्यकार कृष्ण धरावासीले वैशाख अन्तिम साता टिकटकमा पहिलो भिडियो राखे । आफ्नी श्रीमतीसँग देखिएका उनले भिडियोमा भनेका छन्, ‘यो टिकटक खोलेको है । के हुने हो टिकटकमा थाहा छैन । सबैले गर्छन् । अब टिकटकमा पो आउने भइयो त ।’ उक्त भिडियो एक महिनामा २ लाख ६२ हजारले हेरेका छन् । झन्डै २१ हजार लाइक छ भने ५ सय कमेन्ट छन् । यो एक महिनाको बीचमा उनले ९५ वटा भिडियो अपलोड गरिसकेका छन् भने उनका फलोअर्स ५ हजार पुग्नै लागेका छन् ।

    नेपालका प्रायः चर्चित कलाकारहरू टिकटकमा उपलब्ध छन । आफ्ना फ्यान तथा समर्थकलाई विभिन्न तवरबाट मनोरञ्जन दिइरहेका हुन्छन् । यसमा अपवाद थिइन्, कलाकार वर्षा सिवाकोटी । उनी पनि लक डाउनपछि जेठ पहिलो साताबाट टिकटकमा जोडिएकी छन् । एक सन्देशमूलक भिडियो सार्वजनिक गरेर उनले टिकटकमा महत्वपूर्ण र प्रभावकारी सामग्रीमार्फत मनोरञ्जन प्रदान गर्ने बताएकी छन् । भनेकी छन्, ‘क्वारेन्टाइन जीवनले जीवनका आयामहरूलाई परिवर्तन गर्दै लगेको छ । मैले पनि आफ्नो स्थान फेला पारेकी छु र टिकटकले घेरिएको संसारमा प्रवेश गर्ने निर्णय गरेकी छु ।’ उनी टिकटकमा जोडिएको १ महिना नपुग्दै उनका ३४ हजार फलोअर्स पुगिसकेका छन् ।

    धरावासी र सिवाकोटी त उदाहरणमात्र हुन् । लक डाउनपछि इन्टरनेटको पहुँच हुने धेरै नेपाली टिकटकमा रमाउन थालेका छन् । अन्य समयमा कामको सिलसिलामा व्यस्त हुनेहरू पनि यतिबेला टिकटक बनाएर समय बिताइरहेका छन् । टिकटक नितान्त मनोरञ्जनको साधन भएकाले ‘मुड फ्रेस’ हुने धेरैको बुझाइ छ । चितवनकी लक्ष्मी शर्मा टिकटक बनाउँदा समय बित्ने र अरूको हेर्दा रमाइलो हुने भएकाले लकडाउनपछि आफू टिकटकमा आएको बताउँछिन् । भन्छिन्, ‘लक डाउनपछि कलेज पनि छैन । टिभी र फिल्म हेरेर कति बस्नु ! टिकटक चलाएपछि मुड पनि फ्रेस भएको छ । समय कटेको पनि पत्तै हुँदैन ।’ एकपटक सारी लगाएर एउटा भिडियो बनाउँदा ५ घन्टा बितेको आफूलाई थाहै नभएको उनले बताइन् ।

    टिकटक राम्रो कला भएका तर अवसर नपाएकाहरूका लागि पनि राम्रो प्ल्याटफर्म भएको छ । टिकटकमा चर्चा कमाएकै कारण नाम र दाम दुवै हात पार्नेहरू पनि थुप्रै छन् । ‘ट्विनी गर्ल’ को रूपमा टिकटकमा सबैभन्दा पहिला चर्चा कमाएका दिदी–बहिनी हुन्, प्रिन्सी र प्रिज्मा खतिवडा । उनीहरूको चर्चासँगै नेपालमा पनि टिकटकको चर्चा सुरु भएको हो । टिकटकमा चर्चा कमाएकै कारण यी दिदी–बहिनीले थुप्रै म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाइसकेका छन् । जबकि उनीहरूको सुरुवाती रुचि अभिनयमा थिएन । हाल उनीहरूलाई ६० लाखभन्दा धेरैले फलो गरेका छन् । स्वास्थ्य परिचारिका रेश्मा घिमिरे पनि टिकटकमा अभिनय गरेकै आधारमा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेमध्येकी एक हुन् ।

    लकडाउनका कारण फिल्मको सुटिङ बन्द छ । यस्तो बेला कलाकारहरू टिकटकमा बढी सक्रिय छन् । अन्य समयमा फिल्मको सुटिङपछि बचेको समय टिकटकमा दिने कलाकार यतिबेला फिल्ममा गर्न नपाएको अभिनय टिकटकमा गरिरहेका छन् । ऋचा शर्माबाहेकका सबैजसो अभिनेत्री र अनमोल केसीबाहेकका प्रायः अभिनेता लकडाउनका बेला टिकटकमा इन्जोय गरिरहेका छन् । कलाकारमात्र होइन, हरेक निकाय, क्षेत्र र पेसाका मानिस यतिबेला टिकटकमा भेटिन्छन् । र, धेरैको आवाज छ, ‘के गर्नु त, टाइमपास गर्नैपर्यो ।’

    लकडाउनपछि विशेषगरी नेपालमा जोडी (श्रीमान्–श्रीमती)हरूको टिकटक भिडियो धेरै चर्चामा छ । मनिषा घिमिरे र कुमारबाबु गजुरेलको जोडी यसको एउटा उदाहरण हो । ८८ हजार फलोअर्स रहेको यो जोडीको टिकटकमा गाउँले परिवेशमा विभिन्न भिडियोहरू हुन्छन् । लक डाउनपछि उनीहरूले दिनमा २–३ वटा भिडियो राखिरहेका छन् । जसले ३० हजारदेखि ३ लाखसम्म भ्युज पाएका छन् । प्यासिफिक्सन नाममा रहेको अकाउन्टमा प्रशान्त गौतमले आफ्नी श्रीमतीसँग बनाएका भिडियोहरूले पनि राम्रो भ्यु पाइरहेको छ । यो जोडी पनि लक डाउनपछि टिकटकमा निकै सक्रिय छ । नायिका आँचल शर्माको जोडी पनि लकडाउनपछि टिकटकमा हिट छ । उनीहरूको जोडीले अभिनय गरेको ५ वटा भिडियो २० लाखभन्दा धेरै पटक हेरिएको छ । एउटा भिडियो त झन्डै ५० लाख पटक हेरिएको छ । आँचलको अकाउन्टको ६ लाख २७ हजार फलोअर्स छन् ।
    त्यस्तै, सुशी गौतमको नामबाट खोलिएको टिकटक अकाउन्टमा एक वृद्धसँग गरिएको कुराकानी र अभिनयले निकै चर्चा पाइरहेको छ । वृद्धसँग गरिएको अभिनयले १५ लाखसम्म भ्यु पाएको छ । सो अकाउन्टमा ३ लाख ५० हजार फलोअर्स पुग्न लागेका छन् ।

    टिकटक विश्वका १ सय ४१ मुलुकमा पुगिसकेको छ भने यसका प्रयोगकर्ता २ अर्ब पुगेका छन् । विश्व नै कोभिड–१९ को महामारीमा फसेका बेला सन् २०२० को पहिलो त्रैमासिकमा मात्र विश्वभरका ३१ करोड ५० लाख मानिसले टिकटक डाउनलोड गरेका थिए । टिकटकका प्रयोगकर्ता सबैभन्दा धेरै भारतमा छन् । भारतमा ६१ करोडभन्दा बढी प्रयोगकर्ता रहेको विभिन्न अध्ययनले देखाएको छ । तर, नेपालमा भने यसको प्रयोगकर्ता कति छन् भन्नेबारे कुनै तथ्यांक सार्वजनिक भएको छैन । अन्य सामाजिक संजालको पहुँचमा हुने प्रायः टिकटकमा पनि भेटिन्छन् ।

    यतिबेला टिकटक विश्वव्यापीरूपमै लकडाउन कटाउने माध्यम बनेको छ । मनोरञ्जनका साथै शारीरिक गतिविधि बढाउने काम पनि यसले गरिरहेको छ । काठमाडौंमा पाइप उद्योग चलाइरहेको दाङका व्यवसायी केपी भण्डारी भन्छन्, ‘नयाँ व्यवसाय सुरु गरेको धेरै समय भएको थिएन । लकडाउन भइदियो । निकै तनाव बढेको थियो । टिकटक चलाउन थालेदेखि ध्यान अन्यत्र जान पाएको छैन । भिडियो बनाउँदा हल्का भए पनि व्यायाम भएको छ भने अरूको भिडियो हेर्दा मनोरञ्जन प्राप्त भइरहेको छ ।’ भण्डारीले भनेजस्तै यतिबेला धेरैले कोरोना संक्रमण र लकडाउनका कारण भोग्नुपरेको तनावलाई टिकटकमार्फत बिर्सने प्रयास गरिरहेका छन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, असार १७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.