×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

साम्राज्ञीले इंकित गरेका तीन ब्यानर कुन हुन् ?

  •  
  • मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बलिउडबाट भित्रिएको नेपोटिज्मको बहसले नेपाली फिल्म क्षेत्र तातिरहँदा अभिनेत्री साम्राज्ञी आरएल शाहले गएको शुक्रवार आफूमाथि निर्माता तथा निर्देशकले फिल्मको सुटिङ सेटमा गरेको नराम्रा व्यवहारको पोल खोलिन् ।

    ५ वर्षको अवधिमा काम गरेका ८ फिल्ममध्ये तीन ब्यानरले आफूमाथि गरेको नराम्रो व्यवहार शब्दमा व्यक्त गर्न नसक्ने उनको भनाई थियो ।

    उनले भनेकी थिइन्, ‘फिल्मको सुटिङ सेटमा खाना र पानीको व्यवस्था उपलब्ध गराउन आग्रह गर्दा कति निर्माता निर्देशकहरु आक्रमण शैलीमा आउँथे ।

    उनीहरुको व्यहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने मैले बुझेको छु । म आफूले सकेको शतप्रतिशत काम दिने प्रयास गर्छु ।’

    आफूले काम गरेका तीन ब्यानरमा पुन नदोहोरिनुको कारण ती ब्यानरका व्यक्तिहरुको गलत व्यवहार रहेको पनि उनले बताएकी थिइन् । आखिर उनले इंकित गरेका तीन ब्यानर कुन हुन् त ?

    साम्राज्ञीले भिडियोमा आफ्नो भनाई राख्ने क्रममा ब्यानरको नाम खुलाएकी छैनन् । तर, उनले कुन ब्यानरप्रति इंकित गरेकी हुन् भन्ने कुरा फिल्मकर्मीदेखि दर्शकसम्मले बुझिसकेका छन् ।

    उनको आक्रोशपूर्ण अभिव्यक्ति काजल फिल्मस्, सुनिल कुमार थापा प्रोडक्सन र आइकोर फिल्मसप्रति लक्षित थियो । काजल फिल्मस्बाट निर्माण भएको फिल्म ‘डिम्स’ बाट साम्राज्ञीले अभिनेत्रीको रुपमा ब्रेक पाएकी थिइन् ।

    यो फिल्मको सुटिङ सेटमा आफूले भोगेका नराम्रा अनुभवहरु उनले हरेक नयाँ फिल्मको प्रचारको क्रममा मिडियासामु व्यक्त गर्ने गरेकी छन् ।

    साम्राज्ञीले पटक-पटक आफूप्रति इंकित गरेर अभिव्यक्ति दिएपछि निर्माता तथा अभिनेता भुवन केसीले आइतवार फेसबुकमा आक्रोशपूर्ण स्टाटस लेखे ।

    उनले साम्राज्ञीप्रति कटाक्ष गर्दै ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै ‘ड्रिम्स’ को नाम भजाएर अहिलेसम्म खाइरहेको आरोप समेत लगाए ।

    उनको जवाफको प्रतिउत्तर पनि साम्राज्ञीले एक भिडियोमार्फत् फर्कासकेकी छन् । अभिनेता केसीको जवाफमा साम्राज्ञीले जापानमा भएको फिल्म अवार्डमा आफूमाथि गरेको नराम्रो व्यवहारको समेत पोल खोलिन् ।

    भुवन केसीको व्यवहार सम्झँदा आफूलाई घिनलाग्ने उनको भनाई छ । सामाजिक सञ्जालमा चलेको भुवन र साम्राज्ञीको जुहारीले उनीहरुबीच कुन हदसम्म तिक्तता छ भन्ने छर्लङ्ग हुन्छ । यतिबेला उनीहरुको विवादले फिल्म क्षेत्र गजबले तातेको छ ।

    काजल फिल्मस्पछि उनले काम गरेको दोस्रो ब्यानर हो, सुनिल कुमार थापा प्रोडक्सन । यो ब्यानरबाट निर्मित फिल्म ‘ए मेरो हजुर २’ को सेटमा खाना र पानी माग्दा निर्माता/निर्देशकले अपशब्द बोलेको भन्दै उनले कयैन् पटक मिडियासँगको अन्तर्वार्तामा पीडा पोखेकी छन् ।

    यद्यपि, यस विषयमा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले कुनै जवाफ फर्काएका छैनन् ।

    त्यस्तै, फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ निर्माण गरेको ब्यानर आइकोर फिल्मस्को सञ्चालकमध्ये एक निर्देशक रेनशा वान्तवा राईसँग साम्राज्ञीको पानी बाराबार रहेको सबैलाई अवगत छ ।

    उनीहरुबीचको तिक्तता फिल्म रिलिजको समयमा छताछुल्ल भएको थियो । फिल्म रिलिजको समयमा प्रचार छाडेर साम्राज्ञी अवार्डका लागि जापान उडेपछि निर्देशक राई उनीसँग फायर भएकी थिइन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.