कोरोना भाइरस जोखिमका कारण तीन करोड बढि लगानी रहेको फिल्म ‘प्रेम गीत ३’ को रिलिज अन्यौल बनेको छ ।
कोभिडको जोखिम कहिले हट्ने हो कुनै टुङ्गो छैन ।
हलहरु कहिले खुल्ने र कहिलेबाट दर्शकहरु फिल्म हलमा आउने हो कुनै टुङ्गो नलागेसम्म फिल्म रिलिज गर्न सकिने अवस्था छैन ।
लगानी गरेको फिल्महरु रोकिएको अवस्थामा पनि दुईवटा फरक ब्यानरले नयाँ फिल्मको घोषणा र टिमअप गर्दा आश्चर्य मान्न सकिन्छ ।
सुदर्शन थापा र पुजा शर्माले निर्माण गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रिलिज पनि रोकिएको छ ।
सोही बीचमा निर्देशक थापा र नायिका शर्माले अर्को फिल्म निर्माण गर्न लागिएको उद्घोष गरे ।
अहिले छायाँकनमा गईहाल्न सक्ने अवस्था पनि छैन ।
अर्कोतर्फ लगानी फसेको फिल्म स्थिर अवस्थामा छ ।
यस्तो अवस्थामा नयाँ फिल्म घोषणा गर्नु पब्लिसिटी स्टन्ट मात्र रहेको धेरैको बुझाई छ ।


