गोरखा समाचारदाता
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आए पछि भेन्टिलेटरबाट हटाइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपछि आज (बुधबार) बिहानबाट भेन्टिलेटर हटाइएको हो ।
प्रधानमन्त्री ओलीको मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अपरेसन गरिएको थियो ।
अपरेसन पश्चात उनलाई भेन्टिलेटरमा राखिएको थियो । साथै अस्पतालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर रहेको जानकारी दिएको थियो ।




















