गोरखा समाचारदाता
बागलुङ – बागलुङको गौडाकोटमा अज्ञात समूहले लोडरमा आगजनी गरेको छ ।
बागलुङ नगरपालिका ७ को गौडाकोट स्थित सिम कालिमाटी क्षेत्रमा रहेको ग.१ क ३०८७ नम्बरको रोडलोडर मेशिनमा आगजनी भएको हो ।
सोमबार राती ११ बजे भएको उत्त घटना कसले गराएको भन्ने बिषयमा अनुसन्धान भई रहेको बागलुङ प्रहरीले जानकारी दिएको छ ।
फेवा कन्ट्रक्सनले भाडामा ल्याएको उत्त मेशिन आगलागि हुदा लोडरको क्याबिनको भाग जलेर नष्ट भएको छ ।



