गोरखा समाचारदाता
काठमाण्डौं –प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सम्पन्न भएको छ ।
एपेन्डिसाइटिसको त्रिवि शिक्षण अस्पताल अन्तर्गतका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको हो ।
शल्यक्रिया पछि स्वास्थ्य अवस्था सामान्य भएकोले वार्डमा सार्ने तयारी भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
प्रधानमन्त्रीलाई कति दिन अस्पताल राख्ने भन्ने कुरा भने तय हुने सकेको छैन । प्रधानमन्त्रीको शल्यक्रिया सर्जन द्वय डा.रमेशसिहं भण्डारी र डा.पलेस्मा जोशीले गरेका थिए ।




















