गोरखा समाचारदाता
गोरखा – नेत्र बिक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले छैटौं पार्टी पुर्नगठन दिवश मनाएको छ ।
दिवशको अवसरमा शुभकामना आदान प्रदान तथा कोण सभा भएको जिल्ला सक्रेटरी दिनेशले जानकारी दिए ।
कार्यक्रममा जिल्ला ईन्चार्ज रोशन, सक्रेटरी दिनेश, जिल्ला सदस्य रमेश तुफान लगायतले मन्तव्य राखेका थिए ।
प्रहरी नियन्त्रणमा रहेका नेता कार्यकता तत्काल रिहाई गर्न उनीहरुले माग गरेका छन् ।
नेपालको संबिधान अनुसार दल दर्ता गर्ने, आफ्ना विचार तथा अभिव्यक्ति राख्नपाउने अधिकार सबै नागरिकलाई भएपनि सरकारले संबिधान उल्लंघन गरेको उनीहरुको आरोप छ ।
आफ्ना नेता कार्यकर्तालाई लगाइएको झुट्टा मुद्दा फिर्ता लिई विचार अभिव्यक्ति राख्नपार्ने विश्वव्यापीमान्यताको सम्मानगर्न उनीहरुले आग्रह गरेका छन् ।
विप्लव गोरखाले भारिय हस्तक्षेप विरुद्ध एक हुन पनि सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ ।



