गोरखा समाचारदाता
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रियाको गर्ने तयारी भई रहेको छ ।
त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रियाको तयारी गिरएको हो ।
शल्यक्रियाको लागि डा.रमेशसिहं भणडारी नृतृत्वको टोलीले गर्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।
नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका प्रधानमन्त्री ओलीलाई चिकित्सकले अस्पतालमै भर्ना हुन सल्लाह दिएको थियो ।



