गोरखा समाचारदाता
पर्वत – पर्वतको काहुँमा करेण्ट लाग्दा १ जना पुरुषको ज्यान गएको छ ।
जिल्लाको पैयु गाउँपालिका ६ को काहुँका ३२ बर्षिय सुर्यबहादुर थापाको करेण्ट लागेर ज्यान गएको हो ।
थापाको सोही स्थानको सरौखोलामा करेण्ट लागएर माछामार्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
४ बजेको समयमा खोलामा माछा मार्दा करेण्ट लागेको थापाको स्याङजाको वालिङमा रहेको प्रार्थमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ५ः३० बजे ज्यान गएको थियो ।
घटना लगत्तै प्रहरीले मृत्तक थापा संगै माछामार्न खोलामा गएका साथी सन्दिप श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।



