×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

धामी झाँक्रीले बिरामीलाई स्वास्थ्य चौकी पठाएपछि…

  •  
  • बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – आरुघाट गाउँपालिका–१ मान्बुका चन्द्रबहादुर गुरुङले झाँक्री काम गरेको २५ वर्ष भयो । ४४ वसन्त पार गरेका गुरुङका आँखा अहिले खुलेका छन् । २५ वर्षसम्म झारफुकबाट कति बिरामी निको भए र कतिले उपचार नपाएका कारण ज्यान गुमाए उनलाई हेक्का छैन । तर अहिले उनी पुरै फेरिएका छन् । ‘बाबुबाजे गरेको काम हो जानीनजानी गरियो’ उनले भने ‘अहिले त जुगजमना नै फेरियो हामी नफेरिएर भयो त?’

    मान्बुकै सबचेतका डिलबहादुर गुरुङ पनि झाँक्रीको काम गर्छन । गाउँमा कोही बिरामी पर्ने बित्तिकै डिलबहादुर जोखाना हेर्न बस्छन । तर रोगको प्रकृति र बिरामीको अबस्था हेरेर मात्र उनले उपचार गर्ने गरेका छन् । ‘टाउको दुख्ने, घाँटी दुख्ने, ज्वरो आउने जस्ता रोगको हामी उपचार गर्न सक्दैनौं’ उनले भने ‘त्यस्ता बिरामीहरुलाई सिधै स्वास्थ्य चौकी पठाउने गरेको छु ।’

    सोही ठाउँका ‘लामा’ सन्तबहादुर घलेलाई अहिले धेरै पछुतो लाग्छ । ‘एउटा बिरामी आउँछ, हामी लामा झाँक्रीहरु बोक्सी, भुत प्रेत, लागुभागु के रहेछ हेर्नुपर्छ, बस्नुहोस् भन्छौं, उसको परिवारले रक्सी ल्याउँछ, कुखुरा ल्याउँछ, बोका ल्याउँछ तर बिरामी ठीक हुँदैन, लामाको आश गर्दा–गर्दा बिरामी मर्छ’ उनले भने ‘हिजै स्वास्थ्य चौकी पठाउन पाएको भए त बिरामी बाँच्ने थियो की भनेर भोली पल्ट मात्र हाम्रो चेत खुल्छ ।’

    धामी झाँक्रीको भरमा मात्र उपचार सम्भव नहुने बुझेपछि उनले अहिले अधिकाशं विरामीलाई स्वास्थ्य चौकी जाने सल्लाह दिन्छन् । नवजात शिशु र गर्भवती महिलाको विषयमा त झनै धामी झाँक्रीहरु सचेत दिने गरेका छन् । ‘कतिपय महिलाहरु काम्दै आउँछन्, गर्भवती भएको बेला त्यस्तो हुँदो रहेछ, पहिले थाहा थिएन, बोक्सी लाग्यो भनेर झारफुक गरिन्थ्यो’ उनले भने ‘तर अहिले सबै कुरा थाहा भयो, गर्भवती र बालबालिकाहरुको उपचार हामी गर्न सक्दैनौं, त्यसैले उहाँहरुलाई स्वास्थ्य संस्थामा जानुहोस भनेर सल्लाह दिने गरेका छौं ।’
    ६३ वर्षका सानुकान्छा घलेलाई धामी झाँक्रीले खानेबाटो मात्र गरेको जस्तो लाग्छ ।

    सानै उमेर देखि झारफुक गर्दै आएका उनी प्राकृतिक चिकित्सा हराउँदै गएकाले पनि अब धामी झाँक्रीले बिरामी निको पार्न नसक्ने बताउँछन् । ‘बिरामी निको पार्न भन्दा कसरी कुखुरो आउँछ, कताबाट रक्सी आउछ, कसले बोको ल्याउँछ भन्ने तिर धेरैको ध्यान गयो’ उनले भने ‘जडिबुटी खोजेर ल्याउने, बिरामीलाई निको बनाउन सक्ने तागत अहिलेका धामी झाँक्रीमा छैन ।’ अहिले नयाँनयाँ रोगहरु थपिएकाले हचुवाको भरमा उपचार गर्नुभन्दा स्वास्थ्य संस्थामै जानु उपर्युक्त हुने उनले तर्क छ ।

    धामी झाँक्री सचेत भएसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको मान्बु स्वास्थ्य चौकी अहेब कृष्णकुमारी गुप्ताले जानकारी दिइन । विभिन्न संघसस्थाको सहयोगमा बेला बखत धामी झाँक्रीलाई स्वास्थ्य चौकीमा बोलाएर समेत गराउने गरिएको छ । मान्बु र आसपासका धामी झाँक्रीले अहिले परम्परागत पेसा भन्दा आधुनिक चिकित्साको बारेमा सचेतना फैलाउने काम गरेको गुप्ताको भनाई छ ।

    उत्तरी गोरखाको धार्चे, चुमनुब्री, आरुघाट, बारपाक सुलिकोट लगायतका स्थानका दुर्गमगाउँमा अझै पनि धामी झाँक्रीको भरमा उपचार हुने गरेको छ । धार्चे र चुमनुब्री गाउँपालिकामा अहिलेसम्म एउटा पनि अस्पताल छैन् । स्वास्थ्य संस्थाको पहुँचमा नरहेका सर्वसाधरणले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।

    उत्तरी गोरखा मात्र होइन तल्लो क्षेत्रमा झारफुक विश्वास गर्ने प्रचलन उत्तिकै छ । शिक्षित पढेलेखेका मानिसहरु पनि बिरामी पर्दा जान्नेलाई देखाउँछन् । तर पछिल्लो समय उक्त कुरा कम हुँदै गएको गोरखा नगरपालिका– ४ फिमानका ‘जान्ने’ चुडामणी भट्टराईले बताए । ‘मान्छे नआउने होइन आउनुहुन्छ तर पहिले भन्दा धेरै कम भएको छ’ उनले भने ‘झारफुक गर्न आउनेहरुलाई हामीले नै स्वास्थ्य संस्था जान अनुरोध गरेकाले पनि यो संख्या कम भएको हुन सक्छ ।’

    झारफुक गर्ने प्रचलन पूर्ण रुपमा अन्त्य नभएपनि स्वास्थ्य संस्थामा जानु पर्छ भन्ने चेतना बढेर गएको फिनाम स्वास्थ्य चौकीका सिनियर अहेव रामशरण बानियाँले बताए । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पद्धती बिकास सेवा केन्द्रद्धारा सञ्चालित सामुदायिक बिकास परियोजनाले मान्बु र फिनामका धामी झाँक्रीहरुलाई मातृ शिश स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गराएको परियोजनाको स्वास्थ्य र सरसफाई शाखाकी जनस्वास्थ्य सहायक गरिमा न्यौपानेले जानकारी दिइन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.