गोरखा समाचारदाता
गोरखा – गोरखा सेवा समाजको अध्यक्ष पुनः कैलाशबाबु श्रेष्ठ चयन भएका छन् ।
जिल्ला सदरमुकाममा भएको पहिलो अधिवेशन एवं तेश्रो साधरण सभाले श्रेष्ठलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा राकेश श्रेष्ठ, द्धितिय उपाध्यक्षमा इमानजंग बानियाँ, सचिवमा गणेश बानियाँ, सहसचिव बसन्तमान श्रेष्ठ,कोसाध्यक्षमा काजीरामा बानियाँ र सहकोसाध्यक्ष रामचन्द्र न्यौपाने चुनिएका छन् ।
यसैगरी सन्दीप खत्री सुजन धिताल, खिलप्रसाद तिवारी सरद श्रेष्ठ र रिक्तबहादुर बानिया सदस्य घोषित भएका छन् ।
उक्त सस्थाले बिदेशमा बस्ने नेपालीहरुलाई एकिकृत गर्दै विभिन्न सामाजिक काम गर्दै आएको छ । नयाँ समितिलाई सदस्य बिस्तार गर्दै प्रभावकारी ढङ्गले काम गर्ने योजना बनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।



