गोरखा समाचारदाता
गोरखा – संघिय राजधानी काठमाण्डौंमा धावा गोरखा विकास समन्वय समितिको चियापान कार्यक्रम सम्पन्न भएको छ ।
समितिको आयोजनामा हिन्दु नेपालीहरुको चाड बडा दशैँ, शुभ–दिपावली, नेपाल सम्बत र छठ पर्वको अबसरमा शुभकामना आदानप्रदान, चियापान तथा देउसीभैलो कार्यक्रममा गरीएको हो ।
गोरखाको धावा बाट काठमाडौँमा बसोबास गर्नेहरु बिचमा आईतबार देउसी भैलो कार्यक्रम पनि गरीएको थियो ।
इन्द्र भट्टको अध्यक्षता मा सम्पन्न कार्यक्रममा सस्थापक अध्यक्ष रमेश बन्जारा, पुर्ब अध्यक्ष राजनप्रसाद काप्री एवम समाजसेवीहरु ठाकुर पुडासैनी , हिमप्रसाद बन्जारा, पिताम्बर सिम्खडा र रामजी लामिछाने लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।



