×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बर्तमान सरकार इतिहासकै सफल रहेको दाबी

  •  
  • शुक्रबार, कार्तिक ०८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले बर्तमान सरकार इतिहासकै सबै भन्दा बढि सफल रहेको दाबी गरेका छन् ।

    जिल्ला सदरमुकाम र आरुघाट गाउँपालिका–१ मा भएको छुट्टा छुट्टै शुभ कामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेकपाका नेताहरुले दुई तिहाइ बहुमतको बर्तमान सरकारले इतिहासमै उदाहरणीय काम गरेको दाबी गरेका हुन् । ‘इतिहासमै पहिलो पटक दुबै छिमेकी सँग समान सम्बन्ध राख्दै बर्तमान सरकारले जन पक्षिय हिसाबले काम गरिरहेको छ’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘यस अघि कहिल्यै सुरुङ मार्गको कुरा भएको थियो ? पानी जहाज र रेलका कुरा भएका थिए ? यी सबै हाम्र्रै पालामा हुन्छन्, नेकपा नेतृत्वकै सरकारले गर्छ ।’

    मित्र राष्ट्रहरुको सहयोगमा राष्ट्रिय गौरबका ठूला आयोजना, केन्द्र, प्रदेश र स्थानीयतहको समन्वयमा अन्य विकास निर्माणका कामहरु एक साथ अगाडी बढाइएकाले अबको केही वर्ष भित्र देशले काँचुली फेर्ने उनको दाबी छ । सडक सञ्जाल नपुगेको उत्तरी गोरखाको मान्बुमा पुगेका उनले सो क्षेत्रका बिकासका लागि राज्यका तिनवटै सरकार प्रतिवद्ध भएर लागेको बताए ।

    कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले योजनवद्ध ढङ्गले जनताका काम गरिहेको बताएका छन् । बिकास निर्माणका कामलाई सन्तुलित रुपमा अगाडी बढाउने योजना अनुसार उत्तरी गोरखालाई विशेष प्राथमिता दिइएको उनको दाबी छ । ‘बिकास स्वाद सहरमा बस्ने मानिसहरुले मात्र लिने होइन्, दुरदरारमा बस्ने तपाई हामी सबैले चाख्नपाउनु पर्छ’ उनले भने ‘त्यसैले यहाँको सडक, खानेपानी एवं अन्य भौतिक पूर्वाधारको बिकासका लागि सरकारले करोडौंका योजना अगाडी सारेको छ ।’

    सोती मान्बु हुँदै केरौंजा काशिगाउँजाने सडकको स्तरउन्नती गर्ने, गण्डकी नदीमा मोटरेबल पुल बनाउने, सो क्षेत्रका हरेक नागरिकको घरमा स्वच्छ पिउने पानी उपलब्ध गराउने, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न र्शीषकमा बजेट बिनियोजन गरी काम सुरु गरिएको उनको भनाई छ ।

    उत्तरी गोरखा हुँदै चिन जोड्ने बेनीघाट आरुघाट लार्के भञ्जाङ सडक निर्माणको काम छिटो सम्पन्न गर्नका लागि केन्द्र सरकारसँग आवश्यक समन्वय भइरहेको मन्त्री बस्नेतले बताए । यसैगरी जिल्ला सदरमुकाममा भएको कार्यक्रममा बोल्दै नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले बिकास निर्माणका काममा निग्ररानी राख्न नेताकार्यकतालाई आग्रह गरेका छन । ‘अहिले राज्यका तिन वटै तहले तिब्र रुपमाबिकास निर्माण अगाडी बढाइरहेका छन्’ उनले भने ‘यही मौकामा हामीलाई बदनाम गराउन थुप्रै अनियमिताहरु भएका हुन सक्छन्, त्यसलाई हामी नेता कार्यकताले निगरानीमा राख्नु पर्छ ।’

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य हरिराज अधिकारीले सरकारले चालु आर्थिक वर्षलाई समृद्धिको आधार वर्षको रुपमा लिएको भन्दै आगामी वर्ष बिकासले थप गतिलिने बताए । सो का लागि आवश्यक स्रोत साधन जुटाउन बर्तमान सरकार लागि परेको सांसद अधिकारीको भनाई छ । ‘हामीले यो वर्षलाई समृद्धिको आधार वर्ष मानेका छौं’ उनले भने ‘देशलाई समृद्धिको दिशामा लैजाने काममा सरकार पूर्ण रुपले सफलभएको छ ।’

    नेकपाका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले सरकारले कृषिलाई व्यवसायीकरण गर्दै नागरिकको जिवन स्तर उकास्ने निति लिएको बताएका थिए ।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य चुडामणी खड्का, नेकपाका केन्द्रिय सदस्य कृष्ण धिताल, प्रदेश सदस्य संझना देबकोटा, नेपाली काँग्रेस जिल्ला सभापती हरिबहादुर घले, समाजवादी पार्टीका जिल्ला अध्यक्ष नारायण खत्री, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा सहित जिल्लामा क्रियाशिल राजनितिक दलका शीर्ष नेताहरुले शुभ कामना मन्तव्य राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक ०८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.