गोरखा समाचारदाता
गोरखा – विश्व पोलियो दिवस गोरखामा पनि विभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाइएको छ ।
रोटरी इन्टरनेशनलको पहलमा एक दशक पहिले देखि २४ अक्टोबरका दिन यो दिवस विश्वभर मनाउन सुरु गरिएको हो ।
दिवशको अबसरमा बिहीबार गोरखामा रोटरी क्वल अफ गोरखा, रोटरी क्वलअफ बज्र मनासलु, रोट्क्याट क्लव अफ गोरखा, रोट्क्याट क्लव अफ बज्र मनासलुले, इन्टरक्याट क्वल अफ वल्ड क्यापिटलले सचेतनामुलक रयाली निकालेका थिए ।
हरमटारीबाट सुरु भएको रयाली बसपार्कमा गएर सकिएको थियो । सन् २०१० को अगस्ट १० मा नेपाल पोलियो मुक्त राष्ट्र घोषित भइसकेको छ । तर नेपाल पोलियो मुक्त भए पनि पोलियो उन्मुलन भइनसकेकाले सचेत रहन आवश्यक रहेको विज्ञहरुले जनाएका छन् ।



