गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकामको पश्चिमकालीमा मिनी चिडिया घर निर्माण भई रहेको छ । सदरमुकाममा आएका पर्यटकलाई लक्षित गरी चिडिया घर निर्माण गरीएको हो ।
गोरखा नगरपालिका ५ को पश्चिमकाली मन्दिर क्षेत्र भित्र निर्माण भई रहेको चिडिया घर जिल्ला सदरमुकाम आउने आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याउन लागिएको हो ।
ठुलो सामुदायिक बनको जग्गामा निर्माण भई रहेको चिडिया घर निर्माणका लागि बन विभागबाट १० लाख आर्थिक सहयोग प्राप्त भएको ठुलो वन उपभोक्ता समितिका अध्यक्ष दिपक भट्टराईले बताए ।
घर निर्माणकै लागि डिभिजन वन कार्यालय गोरखाले पनि ५ लाख उपलब्ध गराएको छ । सामुदायिक बनको पर्यापर्यटन प्रवद्र्धन कार्यक्रम अन्तरर्गत चिडिया घरलाई रकम उपलब्ध गराईएको कार्यालयले जानकारी दिएको छ ।
उत्त क्षेत्र धार्मिक, ऐतिहासिक र पर्यटकिय हिसाबले पनि अगाडी रहेकाले चिडिया घर सञ्चालन संगै थप पर्यटक उत्त क्षेत्रमा जाने विश्वास गरीएको छ । उत्त चिडिया घरमा स्थानीय स्तरमा पाइने बिभिन्न जातका जनावर र चराचुरुङ्गी राखिने छ ।
चिडिया घरमा बन कुखुरा, कालिज, मृग, निलगाई, मयुर जस्ता पशु पन्छी राखीने छन । २ हेक्टर जमिनलाई तारवार गरेर खुल्ला रुपमा चिडिया घर सञ्चालनमा ल्याउने तयारी भई रहेको छ । संरक्षण र हेरचाहका लागी हेरालु राख्ने तयारी समेत भइरहेको छ ।
पशु पक्षिलाई रात बिताउनका लागि टहरा समेत निर्माण गरीएको छ



