गोरखा समाचारदाता
गोरखा – सिरानचोक गाउँपालिकाले पुर्ननिर्माण सकिएका घरलाई सम्पन्नताका प्रमाणपत्र वितरण सुरु गरेको छ ।
मंगलबार हरेक वडामा छुट्टाछुट्टै कार्यक्रमगरी घर निर्माण सम्पन्न गरेका भूकम्प पिडितलार्ई प्रमाणपत्र वितरण सुरु गरिएको हो ।‘हामीले गाउँपालिका भरी एक साथ एउटै सन्देश प्रवाह हुने गरी सम्पन्नताको प्रमाणपत्र वितरण सुरु गरेका छौं’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने ‘यसले पुर्ननिर्माणको बाँकीकाम छिटो सम्पन्नगर्न समेत सघाउने अपेक्षा छ ।’
छुट्टाछुट्टै कार्यक्रमका विच वडा नम्बर १ मा गाउँपालिका उपाध्यक्ष रीता देवकोटा, अत्यावश्किय आवास पुर्ननिर्माण परियोजनाका राजिब खनाल र वडा अध्यक्ष सुकमान गुरुङ, वडा नम्बर ३ मा राष्टिूय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी सदस्य हरेराम पराजुली, जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख रामशरण आर्चाय र वडा अध्यक्ष बीरबहादुर थापा, ४ मा जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका युवक श्रेष्ठ र वडा अध्यक्ष दिपक हमालले घर निर्माण सम्पन्न गरेका घर धनीलाई प्रमाणपत्र वितरण गरेका गरेका हुन् ।
यसैगरी वडा नम्बर ५ मा गिता लिम्बु र वडा अध्यक्ष सन्तोष गुरुङ, ६ मा जिल्ला समन्वय समितिका प्रमुखअ शोककुमार गुरुङ, वडा अध्यक्ष नारायणबाबु दानी, ७ मा जाइका प्रतिनिधि आएका कावानो, अत्यावश्किय आवास पुर्ननिर्माण परियोजनाका जिल्ला परियोजना प्रमुख बाबुराम केसी र वडा अध्यक्ष सुरज ढकाल र वडा नम्बर ८ मा गाउँपालिका अध्यक्ष राजु गुरुङ, अत्यावश्किय आवास पुर्ननिर्माण परियोजनाका भुपेन्द्रबहादुर बस्नेत र वडा अध्यक्ष झटकप्रसाद दवाडीले घर सम्पन्नताको प्रमाणपत्र वितरण गरेको सिरानचोक गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर २ मा भने प्राविधिकरणले प्रमाणपत्र वितरण सुरु गरेकोे छैन् । केही दिन भित्र वितरण कार्य थाल्ने वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए ।
६ हजार ७५८ लाभग्राही रहेको सिरानचोक गाउँपालिकामा ५ हजार १८२ जनाले घर निर्माण सम्पन्न गरी तेश्रो किस्ता लिएका छन् । ५ हजार ७६० ले पहिलो किस्ता बुझेकामा ५ हजार ५६४ ले दोश्रो किस्ता लिएको सिरानचोक गाउँपालिकाले जानकारी दिएको छ ।
९५ प्रतिशत घर पुर्ननिर्माण सम्पन्न भइसकेको अबस्था छ’ अध्यक्ष गुरुङले भने ‘गुनासो भरेका, पुनरावेद नदिएका र प्रवलीकरण अनुदानको सूचीमा परेका बाहेक अधिकासंले घर बनाइ सक्नु भएको छ ।
२०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले भत्काएका घर पुर्ननिर्माण गर्ने क्रमजारी छ । झण्डै ७१ हजार घर भूकम्पले भत्काएको गोरखमा करिब ६० हजार घर बनिसकेको प्राधिकरणले दाबी गरेको छ ।
सोही अनुरुप हरेक स्थानीयतहले घर निर्माण गरी सकेका स्थानीयहरुलाई सपन्नताको प्रमाणपत्र दिन सुरु गरेका छन् ।



