गोरखा समाचारदाता
गोरखा – गोरखाली लोक दोहोरी गायक हरिराम परियार र सीता गुरुङको नयाँ गीत दशैंमा लाउरे आयो भिडियो गित सार्वजनिक गरीएको छ ।
रबिन लामिछानेको शब्दमा गायक परियार र गायीका गुरुङको मौलिक कोशाली लाउरे आयो बोलको लोक दोहोरी गीतको म्युजिक भिडियो सार्बजानिक भएको हो ।
गायक हरिराम परियार र गायिका सिता गुरुङको स्वरमा सजिएको नयाँ लाउरे आयो बोलको गीतको लय भने गायक परियार को नै रहेको छ ।
विश्वास नेपालको एरेञ्ज रहेको यो गीतमा हरिराम परिवार , शृजना खत्री र बिजय गुरुङको अभिनय देख्न सकिन्छ ।
यो गीतको भिडियो निर्देशन मिलन गुरुङले गरेका छन् भने सह–निर्देशन हरिराम परियार कै रहेको छ।




















