×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

छोराछोरी सहर र विदेशमा एक्लिँदै आमाबाबु !

  •  
  • आइतबार, साउन १२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शान्ति लामा

    काठमाडौँ, साउन १२ गते । हरेक वर्ष आमाबाबुको मुख हेर्ने दिन धेरैको सामाजिक सञ्जालमा आमाबाबुको फोटो टाँसिएका भए पनि अचेल आमाबाबु भने एक्लिँदै गएका छन् । खास गरी बुढ्यौली लागेपछि बाबुआमा एक्लोपन, बेवास्ता, हिंसा र दुव्र्यवहारको सिकार हुनु परेको विभिन्न अध्ययनले देखाएको छ ।

    रामेछाप बेथानकी माइली तामाङ (७९)का नाति नातिनीसहित छ सन्तान छन् तर उहाँ भने गाउँमा एक्लै बस्नुहुन्छ । छोरा बुहारी, नाति नातिनी सबै काठमाडौँ बस्छन् । वर्षको दुई चार दिनका लागि घर आएर फर्कन्छन् उहाँहरू ।

    वर्षभरि एक्लै बस्ने उहाँका लागि कहिलेकाहीँ बिसन्चो हुँदा पानी खुवाउने साथी पनि कोही छैन । “छोरा बुहारी कामबाट फुर्सद पाउँदैनन्, नाति नातिनी पढाइबाट”, उहाँ भन्नुहुन्छ । रामेछापबाटै टेलिफोनमा उहाँले भन्नुभयो, “एक्लै पकाउने खाने गर्दै काल कुर्दै छु । काम गर्न नसकेपछि कति कोदो मकै फल्ने बारीहरू बाँझै छन् । ” यसरी छोराछोरी गाउँ छाडी सहर र विदेश जाँदा गाउँमा अचेल ज्येष्ठ नागरिक मात्र बाँकी रहेको उहाँले दुःखेसो पोख्नुभयो ।

    राष्ट्रिय मानवअधिकार आयोगले गएको चैतमा देशभरिका ज्येष्ठ नागरिक आश्रमको अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक ग¥यो । त्यस प्रतिवेदनमा एक दिवा सेवा केन्द्रमा भेटिएकी ज्येष्ठ नागरिकको गुनासोलाई यसरी लेखिएको छ, “घरको कुरा बाहिर भने इज्जत जान्छ । पति छउन्जेल दुःख थिएन, पीर थिएन, खान लाउन समस्या थिएन । गाउँमा परिवारको इज्जत पनि छ । छोरा बुहारी दुवै काममा जान्छन्, नाति नातिनी स्कुल । घरमा भए नि मसँग कोही बोल्दैनन्, सबै आआफ्नै धुनमा । मेरोजस्तै अवस्था छिमेकी दिदीको पनि छ । हामी घरमा खाना खाएर दिवा सेवा केन्द्र आउँछौँ । दिदी बहिनी कोठाको कुनामा बसेर दिनभरि रुन्छौँ, मनको बह पोख्छौँ । आँसु बगेपछि मन हलुका हुन्छ, घर फर्कन्छौँ । ”

    एक्लिनुका कारण
    ज्येष्ठ नागरिकहरू एक्लिँदै जानुलाई सामाजिक रूपान्तरणको प्रभावको रूपमा व्याख्या गर्नुहुन्छ, समाजशास्त्री सुनिता राई । श्रमशक्तिको विश्वव्यापी प्रवाहका कारण युवकहरू सहर र विदेश जान्छन् । सहर र विदेश पसेकाका पत्नीहरू पनि बालबच्चालाई राम्रो शिक्षा दिने नाममा सहर झर्छन् । त्यसपछि गाउँमै एक्लिने गरेका छन् ज्येष्ठ नागरिक । सहरमा भने अधिकांश मध्यमवर्ग घरबाहिर जागिर र व्यवसाय गर्छन् ।

    रमा हुँदा पनि टीभी, मोबाइल, सामाजिक सञ्जालमा झुन्डिरहने कारण ज्येष्ठ नागरिक मात्र हैन सबै नै एक्लिने प्रवृत्ति बढिरहेको समाजशास्त्री राई बताउनुहुन्छ । आफ्नो अनुसन्धानमा छोराछोरी शिक्षा र कामका लागि विदेशिने प्रवृत्तिका कारण पनि बाबुआमा एक्लिएका छन् ।

    राष्ट्रिय मानवअधिकार आयोगको अध्ययनमा घरमा बेवास्ता, आत्मसम्मानमा चोट पुग्ने व्यवहार, दुव्र्यवहार भएपछि ज्येष्ठ नागरिकहरूले आश्रम रोज्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

    अध्ययनका क्रममा ज्येष्ठ नागरिकले आफ्नो भावना छोराछोरीले नबुझेको, वृद्धभत्ता खोसेको, सरसफाइ नगरिदिएको जस्ता कारणले वृद्धाश्रम आउनु परेको बताएको आयोगकी मानवअधिकार अधिकृत रञ्जिता शाहले बताउनुभयो । कतिपयका आफ्नै सन्तानले नै आश्रममा छोडेर जाने गरेका छन् ।

    नैतिक शिक्षा दिइनुपर्ने
    पछिल्लो पुस्ताका छोराछोरीमा आमाबुवाप्रति माया र सम्मान जनाउने संस्कारमा कमी आएको अनुभव राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठको छ । अहिलेका बालबालिका अधिकांश समय शैक्षिक संस्था र साथीभाइसँग बिताउँछन् । विद्यालय शिक्षामा नैतिक शिक्षा विषयको पठनपाठन भने इतिहासमा सीमित भएको छ ।

    यसकारण बालबालिकामा आमाबाबु, बाजेबज्यैलाई कसरी सम्मान गर्ने भने सिक्न नसकेको तर्क उहाँको छ । विद्यालय शिक्षामा नैतिक शिक्षा विषयलाई समावेश गरिनुपर्नेमा उहाँ जोड दिँदै श्रेष्ठ भन्नुहुन्छ, “आजका बालबालिका भोलिका आमाबाबु हुन्, त्यसैले उनीहरूलाई पनि आमाबाबुको सम्मान कसरी गर्ने भन्ने सिकाइराखे उनीहरूले अर्काे पुस्तालाई सिकाउँछन् । ’’

    दिवा सेवा केन्द्रमा रमाउँदै
    कीर्तिपुर पाँगामा रहेको दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकहरू एक्लोपन मेटाउने थलो भएको छ । दिवा सेवामा भेटिनुभएका ८४ वर्षीय धर्म महर्जन राम्रोसँग कान सुन्नुहुन्न । त्यसकारण घरमा उहाँसँग कुरा गर्न झिँझो मान्ने गरेको उहाँले सुनाउनुभयो । ज्येष्ठ नागरिक सेवा केन्द्रमा आएपछि भने आफ्नै उमेरका साथीहरू जम्मा भएर मज्जाले गफ गर्नुहुन्छ । “यहाँ रमाइलो हुन थालेपछि धेरै वर्ष बाँच्न आँट आउँछ”, उहाँले प्रफुल्ल हुँदै भन्नुभयो । हरेक दिन १२ बजेदेखि ४ बजेसम्म उहाँजस्तै ५०–६० जना ज्येष्ठ नागरिक भेला भएर आपसमा गफ गर्ने, भजन गाउने, योग गर्ने गर्छन् । कीर्तिपुरकै यो पहिलो सेवा केन्द्र पाँगाका महिलाले चार वर्षअघि स्थापना गरेका थिए ।

    समुदायकै सहयोगमा स्थापना भएको सेवा केन्द्रले महिनाको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र धार्मिक क्षेत्र भ्रमण पनि गराउँदै आएको केन्द्रका सचिव हरिदेवी महर्जनले बताउनुभयो । मन्त्रालय र स्थानीय तहहरूले समेत यस्ता सेवा केन्द्रलाई प्रवद्र्धन गर्न थालेपछि अहिले धेरै ठाउँमा यस्ता सेवा केन्द्र खुलेका छन् ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन १२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.