×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

चितवनमा थारू नाच

  •  
  • शनिबार, माघ १९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कमल कोइराला

    थारूहरूको मूल पेसा कृषि हो । नेपालका ९५ प्रतिशत थारूहरू कृषि पेसामै आश्रित छन् । चितवन जिल्लामा बसोवास गर्ने थारूहरूको इतिहास अलि भिन्न छ । नेपालको पहिलो राष्ट्रिय निकुञ्जका रूपमा सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्जको घोषणा भएपछि यिनीहरू त्यहाँबाट विस्थापित भए । सरकारले यिनीहरूलाई जिल्लाभित्रकै अन्य गाउँमा सारिदियो । सयौँ वर्षसम्म चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गलमा आश्रय लिएर बस्नेक्रममा गरेका कतिपय दैनिक कर्मलाई यिनीहरूले आफ्नो संस्कृतिका रूपमा विकसित गर्दै आएको पाइन्छ । वर्षाैंपूर्व अत्मसुरक्षाका लागि अपनाइएका कतिपय उपायहरू हाल थारू जातिको सांस्कृतिक चिनारीका रूपमा प्रसिद्ध बनेका छन् । दैनिक जीवनयापनका क्रममा उपयोग एवम् अवलम्बन गरिएका कतिपय क्रियाकलापहरूले कालान्तरमा संस्कृतिको स्वरूप धारण गर्दारहेछन् भन्ने कुराको ज्वलन्त नमुना बनेका छन्, हाल थारू समुदायमा प्रचलित निम्न सांस्कृतिक झाँकीहरू ः
    लाठी नृत्य
    यो थारू समुदायमा प्रचलित अत्यन्त प्राचीन एवम् कलात्मक नृत्य हो । उनीहरूको भाषामा यसलाई डाङ नृत्य पनि भनिन्छ । दुवै हातमा एकनासका लठ्ठी लिई १०–१२ जनाको समूह बनाएर नाचिने यस नृत्यसँग उनीहरूको आत्मसुरक्षाको इतिहास गाँसिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको घना जङ्गलमा विचरण गर्दा उनीहरूलाई वन्यजन्तुको बिगबिगी हुन्थ्यो । घाँस–दाउरा र अन्य जीविकोपार्जनका लागि जङ्गल चहार्दा थारू समुदायका प्रत्येक मानिसका हातमा लठ्ठी हुन्थ्यो । लठ्ठीकै सहायतामा उनीहरू वन्यजन्तु धपाउँथे र आत्मिक सुरक्षाको अनुभूति गर्थे । मादल, डम्फु र खैँजडीसँगै लठ्ठीबाट समेत प्याट्प्याट्–प्याट्प्याट्प्याट् गर्दै शृङ्खलित आवाज गुञ्जिने भएका कारण यो नृत्य अझ बढी साङ्गीतिक एवम् रोमाञ्चकारी प्रतीत हुन्छ । पुर्खाले आत्मसुरक्षाका लागि प्रयोग गरेको यो उपायले कालान्तरमा थारू संस्कृतिमा नृत्यकै रूप धारण ग¥यो । यस समुदायमा मात्र नभएर यो नृत्यले हाल देशभरिका बहुसङ्ख्यक सर्वसाधारणका बीचमा पनि लोकप्रियता आर्जन गरिसकेको छ ।

    डम्फु नृत्य
    डम्फुको तालमा नाचिने भएकाले यसलाई डम्फु नाच भनिएको हो । यस नृत्यमा सहभागी प्रत्येकका हातमा डम्फु हुन्छ । आफैँले बजाएको डम्फुको तालमा आफैँ नृत्य गर्नु यस नृत्यको विशेषता हो । बाख्राका छालाबाट निर्मित डम्फुलाई मयुरको प्वाँखले सजाइएको हुन्छ । डम्फुलाई मयुरको प्वाँखले सजाइनुको पनि छुट्टै कारण छ । थारू संस्कृतिविज्ञका अनुसार उहिले आफ्ना पुर्खाहरू चितवन राष्ट्रिय निकुञ्जको वनभित्र बस्दा विषालु सर्पको असाध्यै डर हुन्थ्यो । तिनै विषालु सर्पको डसाइबाट पहिले–पहिले बर्सेनि थारू समुदायका धेरैले अकालमा ज्यान गुमाउनुपथ्र्याे । तर, चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका मयुरसँग ती विषालु सर्पहरू डराउँथे । देख्नेबित्तिकै खाइदिइहाल्ने भएकाले सर्पहरू मयुरका अगाडि पर्नै सक्दैनथे । त्यसैले यताउति हिँड्दा विषालु सर्पको डर नहोस् भनेर उनीहरूले डम्फुलाई मयुरका प्वाँखले सिँगार्न थाले । जङ्गलभित्र एक घरबाट अर्काे घरमा जानेक्रममा उनीहरू त्यही डम्फु बजाएर हिँड्ने गर्थे उतिबेला । पछि प्रत्येक वर्षको फागुपूर्णिमाका दिन होली खेल्नेक्रममा उक्त डम्फु नृत्य उपयोगमा आयो । हाल होलीका दिन आपसमा रङ साटासाट गरी खुसियाली मनाउँदै सोही डम्फुका तालमा नृत्य गर्नु थारू समुदायको एउटा संस्कृति नै बनिसकेको छ ।

    ठोकरा नृत्य
    चितवन राष्ट्रिय निकुञ्जभित्र बसोवास गर्दा लगाइएको खेतिपातीको सुरक्षा गर्न थारूहरूलाई निकै सास्ती पथ्र्याे । वर्षायाममा लगाइएको बाली जङ्गली जनावरहरूले सखापै पारिदिन्थे । खेतमै चौकीदार बसेर लगाइएका बालीनाली हुर्काउनुपथ्र्याे । यसरी दुःख गरी हुर्काइएको बालीनाली घर भिœयाएपछि प्रायः मङ्सिर–पुस महिनामा नाचिने परम्परागत नृत्यको नाम हो– ठोकरा नृत्य । अन्नबाली भिœयाएको खुसियालीमा गाउँका सबै मानिस जमिनदारका घरमा जम्मा भई नाचिने यो नृत्य हर्ष एवम् आनन्दका दिनको शुभारम्भ भएको सङ्केतस्वरूप नाच्ने गरिन्छ ।

    झुम्रा नृत्य
    यो नाच थारूहरूको मृत्यु संस्कारको समापनसँग सम्बन्धित छ । परिवारमा कुनै सदस्यको निधन हुँदा केही दिनसम्म आफन्तजन शोकाकुल हुनु स्वाभाविकै हो । थारूहरूको पनि तेह्र दिनसम्म शोक एवम् पितृसंस्कार गर्ने चलन छ । तेह्र दिनको संस्कार सिद्धिएपछि पनि शोकमा डुबेको मान्छे सजिलै हाँस्न सक्दैन । त्यसैले शोकमा परेको मान्छेलाई हँसाएर प्रफुल्ल पार्ने प्रयोजनका लागि यस नृत्यको प्रारम्भ भएको बुझिन्छ । यस नाचमा एउटा जोकर र मारुनी रहन्छन् । मारुनीलाई हँसाउन जोकरले अनेक अभिनय प्रस्तुत गर्छ । उसको अभिनय देखेपछि शोकमा डुबेकाहरू पनि नहाँसिरहन सक्दैनन् । यो नृत्य पहिले–पहिले जमिनदारका घरमा मात्र नचाउने गरिन्थ्यो । तर, हिजोआज भने शोकमा डुबेका प्रत्येकका घरमा नचाउन थालिएको छ ।
    अग्नि नृत्य
    हिजोआज थारू समुदायमा ‘फायर डान्स’ का नामले चिनिने यो नृत्य हेर्ने दर्शकलाई अत्यन्त रमाइलो लाग्ने तर नाच्नेले अत्यन्त सकस र जोखिम बेहोर्नुपर्ने कलात्मक नाच हो । थारूहरूले जङ्गलमा रातविरात हिँड्नुपर्दा आफ्ना सुरक्षाका लागि दाउराको टुप्पामा झुम्रो राखी मसाल बालेर हिँड्थे । कालान्तरमा उनीहरूको आत्मसुरक्षाको यो विधि नृत्यमा परिणत भयो । अहिले यो नृत्य सर्वत्र वाहवाही बटुल्न सफल नृत्यका रूपमा परिचित छ ।

    आय आर्जन पनि
    कुनै बेला कृषिकर्मलाई मात्र जीविकोपार्जनको स्रोत बनाएका चितवनका थारू समुदाय हाल त्यसमा मात्र सीमित छैनन् । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरूलाई आकर्षित गरी उनीहरूलाई मनोरञ्जन प्रदान गर्ने हरेक कार्यमा प्रायः सक्रिय देखिन्छन् उनीहरू । हात्ती चलाउने माउतेदेखि लिएर ‘टुरिस्ट गाइड’ सम्मको भूमिकामा दरिएका देखिन्छन् स्थानीय थारूहरू । दिउँसोभरि खेतीकिसानी र पशुपालनका काममा व्यस्त भए पनि साँझपख उनीहरू प्रत्येक होटल र लजमा पुगेर सौराहा घुम्न आएका पर्यटकलाई आफ्नै संस्कृतिमा नचाउँछन् । पुर्खाले चलाएका संस्कृतिलाई आफ्नो समुदायको चौघेराबाट बाहिर निकालेर देश–विदेशसम्म पु¥याउने अभियानमा छन्– बछ्यौली गाविसका थारू युवा । सुरुमा चुलोचम्को र अन्य घरायसी काममा मात्र सीमित थारू युवतीहरू पनि हाल यस कार्यमा सक्रिय देखिन्छन् ।
    यस अभियानमा उनीहरूलाई समर्पित गराउन प्रोत्साहन दिँदै छन्, बछ्यौलीका अग्रज थारू विका चौधरी । उनी भन्छन्, ‘काम नपाएर यसै भौँतारिएका आफ्नै गाउँका छोरानातिलाई आफ्नै संस्कृतिको जगेर्नाबाट गरिखाने उपाय सिकाउँदै छु । ’ हाल चितवनको बछ्यौली गाविसमा क्रियाशील चार÷पाँचवटा थारू सांस्कृतिक समूहले सौराहा घुम्न आउने पर्यटकलाई प्रत्येक साँझ थारू संस्कृतिमार्फत मनोरञ्जन प्रदान गर्दै आइरहेका छन् । सौराहास्थित होटल सेभेन स्टारका कार्यक्रम संयोजक नारायण रिजाल पर्यटकलाई साँझपख एक÷डेढ घण्टा थारू संस्कृतिको मनोरञ्जन दिने व्यवस्था मिलाइएको भनाइ छ । यसबाट थारू संस्कृतिको प्रचार–प्रसार र उनीहरू आत्मनिर्भर भई आधुनिकीकरणको दिशातिर अग्रसर भइरहेका छन् ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.