काठमाडौँ — त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत डा. गोविन्द केसीलाई आईसीयूबाट क्याबिनमा सारिएको छ । सर्वसाधरणलाई आफूबाट कुनै समस्या नहोस् भनेर डा, केसीकै आग्रहमा आइतबार दिउँसो ‘जेनेरल वार्ड’मा सारिएको हो ।
चिकित्सा शिक्षा गुणस्तरीय बनाउन माग गर्दै १२ दिनदेखि अनशनरत डा.केसीलाई शुक्रबार राति इलामबाट शिक्षण अस्पताल ल्याइएको थियो। निमोनियाका कारण उनलाई ‘एन्टिबायोटिक’ दिइएकोछ। चिकित्सकले उनलाई भीडबाट जोगिन आग्रह गर्दै एक्लै रहन सुझाव दिएका छन्।
उनलाई संक्रमणको उच्च जोखिम रहेको चिकित्सहरुले जनाएका छन्। उनको शरीरमा सेतो रक्तकणिकाको संख्या ३ हजारमा झरेको चिकित्सकको भनाइ छ।केसीको यो १६औँ अनशन हो।

kantipur




















