गोरखा समाचारदाता
आँबुखैरेनी खैरेनी नगरपालिकामा पहिलो पटक सहकारी दर्ता भएको छ ।
छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबारबाट औपचारिक रुपमा कारोबार सुरु गरेको छ । १ सय २० जना शेयर सदस्य रहेको उक्त सहकारीको आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा र त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल अध्यागमन विभागकी अधिकृत तथा आँबुखैरेनी गाउँपालिकाकी पूर्व प्रमुख प्रशासकिय अधिकृत दुर्गा थापाले संयुक्र रुपमा उद्घाटन गरेका हुन् ।
सहकारी ऐन २०७४ बमोजिम २०७५ भाद्र २९ गते आँबुखैरेनी गाउँपालिकाबाट पहिलो सहकारीको रुपमा दर्ता भएर २०७५ मंसिर २ गतेबाट सामान्य कारोबार गरेको भएपनि बुधबारबाट औपचारिक रुपमा संचालन आएको सहकारीका अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिए । २ करोड ४ लाख लाख शेयर पुँजी रहेको सहकारीमा पुस मसान्त सम्म रु.४१ लाख ६२ हजार ५६ रुपैंया बचत भएको छ । यसैगरी ५९ लाख ९६ हजार ९ सय ५० रुपैया ऋण लगानी गरिएको सहकारी अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उक्त सहकारीले छिट्टै सन्ध्याकालिन काउण्टर संचालन गर्ने तयारी गरेकोसचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाई अध्यक्ष कृष्णमान तामाङ्ग, माई मनकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव उपेन्द्र देवकोटा, रामशाह टोल सुधार समितीका अध्यक्ष मिन बहादुर गुरुङ्ग लगाएतकाले मन्तव्य राखेका थिए ।
यसैबीच, सहकारीको प्रारम्भिक सभाले रत्नकुमार श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । जसकोे उपाध्यक्षमा रेजिना श्रेष्ठ, सचिवमा प्रेमकुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश अधिकारी र सदस्यहरुमा ज्ञानेन्द्र श्रेष्ठ , तनकुमार श्रेष्ठ र प्रसाद श्रेष्ठ रहेका छन् ।
यसैगरी, लेखा समितिको संयोजकमा कृष्णमान तामाङ, सदस्यहरुमा सिता भट्टराई बराल, मनोज श्रेष्ठ, शिक्षा समितिको संयोजकमा तन कुमार श्रेष्ठ, सदस्यमा निरोज श्रेष्ठ, लिला कुमारी गुरुङ र ऋण समितिको संयोजकमा प्रकाश अधिकारी, सदस्यमा पंकज चितौरे मगर, राजेन्द्र कुमार श्रेष्ठ चयन भएको सहकारीले जनाएको छ ।


