×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपालीलाई गोली हानी मार्ने अमेरिकन प्रहरी निर्दोष ठहर

  •  
  • सोमबार, पुष २३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    कोलोरडो, पुस २३ अमेरिकाको कोलोराडो राज्यस्थित वेस्टमिनिस्टर निवासी नेपाली युवा वीरेन्द्र ठकुरीको गोली हानी ज्यान लिने स्थानीय अमेरिकन प्रहरी निर्दोष ठहरिएका छन्।

    गएको अगस्ट महिनामा बेस्टमिनिस्टर सहरका प्रहरी अधिकृत स्टिभन बेयरले २७ वर्षीय वीरेन्द्र ठकुरीको गोली हानी हत्या गरेका थिए।

    ठकुरीको हत्या पछि भएको अनुसन्धानमा प्रहरी अधिकृत स्टिभन बेयरले ‘आत्म रक्षा’ का लागि गोली चलाएको उल्लेख गर्दै बेयरलाई कुनै पनि प्रकारको ‘क्रिमिनल चार्ज’ नलाग्ने जनाएको छ।

    कोलोराडो राज्यका डिस्ट्रिक अटोर्नी डेभ योंगले अनुसन्धानको पूर्ण विवरण सार्वजनिक गर्दै घटना भएको अवस्थामा नेपाली युवा वीरेन्द्र ठकुरीले कुनै पनि हतियार नबोकेको भए पनि घटना परिस्थितिले प्रहरी अधिकृत बेयरले आफ्नो ज्यान जोगाउन बन्दुक चलाउन परेको उल्लेख छ।

    स्थानीय एडम्स काउन्टीस्थित प्रहरी अनुसन्धान विभागले गरेको ५ महिना लामो अनुसन्धानमा  स्वर्गीय ठकुरीको गल्ती देखिएको र प्रहरी अधिकृत बेयर निर्दोष ठहर गरिएको छ।

    घटना भएका बेला वीरेन्द्र आफ्ना दाजु सुरेन्द्र ठकुरीसँगै थिए। झगडा भएको खबर पाए पछि प्रहरी बेयर स्थानीय फेडरल बुलोभार्ड नजिकको चौरमा पुगेका थिए। बेयर त्यहाँ पुग्दा ठकुरी दाजु भाइहरू नेपालीमा कुरा गरिरहेको र बेयर तर्फ चर्को स्वरले कराउँदै वीरेन्द्र आएपछि प्रहरी बेयरले आफ्नो रक्षाका लागि बन्दुकको प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ।

    वीरेन्द्रको छातिमा लागेको एक गोलीले उनको घटनास्थलमै मृत्यु भएको थियो।

    वीरेन्द्रलाई मार्ने प्रहरीमाथि आवश्यक कारबाही नहुने भएपछि सो प्रति असन्तुष्टि जनाउँदै ठकुरी परिवारले निहथ्या वीरेन्द्रमाथि आफ्नो ज्यानको रक्षा गर्ने नाममा बन्दुक जस्तो घातक उपाय प्रयोग गर्नु गलत रहेको जनाएको छ।

    परिवारका तर्फबाट विज्ञप्ति जारी गर्दै ठकुरीका अधिवक्ता गेल जोन्सोनले जीवन रक्षाका लागि बन्दुक नै प्रयोग गर्नुपर्ने स्थिति यो केसमा नरहेको जनाएका छन्।

    गत अगस्ट २५ तारिखमा हत्या गरिएका वीरेन्द्र ठकुरी नेपालको काठमाडौंमा जन्मिएका थिए।  स्थानीय नेपाली समुदायमा अत्यन्त मिलनसार मानिने ठकुरीको यो हत्याको विरोधमा कोलोराडोको नेपाली समुदाय एक जुट भएको थियो।

    हत्या गर्ने प्रहरीलाई स्थानीय सरकारले निर्दोष साबित गरे पछि खिन्न भएका स्थानीय सञ्चारकर्मी तथा बिआरटी नेपालका कार्यकारी सम्पादक शैलेश पोख्रेलले वीरेन्द्र ठकुरीमाथि गोली चलाउने प्रहरीलाई कानुनको दायरामा ल्याउन स्थानीय नेपाली समुदायले प्रयास गरेको बताउँदै हत्यामा सग्लग्न प्रहरीलाई निर्दोष भनेर सफाइ दिइनुमा आफूलाई दुःख लागेको बताए।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष २३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.