×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कुलमान घिसिङः जसले पौने तीन करोड नेपालीलाई लोडशेडिङबाट मुक्ति दिलाए

  •  
  • बुधबार, पुष १८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    संजीव गिरीबीबीसी नेपाली सेवा

    नेपाल र भारतबीच गत हप्ता सम्पन्न इनर्जी ब्याङ्किङसम्बन्धी प्रारम्भिक सम्झौता लगत्तै ‘स्टोरेज टाइप प्रोजेक्ट’ अर्थात् जलाशययुक्त परियोजनाको अभावमा हुने लोडशेडिङबाट अब मुलुकले मुक्ति पाउने अधिकारीहरूले बताएका छन्।

    उक्त विकासक्रमसँगै लोडशेडिङ मात्र नभएर अन्य प्रयोजनका लागि समेत मुलुक ऊर्जाको हिसाबले सुरक्षित हुन पुगेको जानकारहरूको दावी छ।

    वर्षौँदेखि नेपालले भारतसँग गर्दै आएको उक्त सम्झौताको मागको विषयमा भारतीय पक्ष कसरी एकाएक तयार भयो भन्ने कुरा धेरैको रुचिको विषय बन्न पुग्यो।

    उक्त समाचारमा धेरैको चासो हुनुको कारण यसको दूरगामी महत्त्व र दीर्घकालीन रूपमा पार्न सक्ने असर भएको विज्ञहरूको भनाइ छ।

    इनर्जी ब्याङ्किङ

    यसै महिना हुने भनिएको सहसचिव स्तरीय ‘ज्वाइन्ट वर्किङ ग्रुप’ र सचिवस्तरीय ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ बैठकले इनर्जी ब्याङ्किङका विधि र प्रारूप समेटिएको निर्देशिकालाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार दक्षिणी छिमेकी भारतसँग भएको समझदारी एकाएक भएको भने होइन।

    पटक पटक भएका द्विपक्षीय वार्ता र उच्चस्तरीय राजनीतिक भेटघाटका क्रममा नेपाल र भारतका शीर्षस्थ नेतृत्वबीच भएका कैयौँ पटकको छलफलको प्रतिफलको रूपमा व्याख्या गर्छन् कुलमान।

    “यो निकै महत्त्वपूर्ण निर्णय हो र यसको दूरगामी असर छ,” प्राधिकरणस्थित आफ्नो कार्यकक्षमा बीबीसी नेपाली सेवासँग कुरा गर्दै कुलमानले भने।

    कुलमान
    Image captionपछिल्लो तिहारमा देखिएको काठमाण्डूको दृश्य (फाइल तस्वीर)

    इनर्जी ब्याङ्किङको अभ्यास नेपाल र भारतमा मात्र नभएर दक्षिण एशियाली मुलुकहरूका लागि समेत निकै महत्त्वपूर्ण रहेको उनको जिकिर छ।

    एकीकृत ग्रिड दक्षिण एशियाको समृद्धिको प्रमुख आधार रहेको र नेपालको जदविद्युत् उक्त क्षेत्रको ‘ब्याट्री’ रहेको बताउँदै कुलमानले भारत मात्र नभएर अन्य मुलुकसँग सहकार्य गर्नुपर्नेमा जोड दिए।

    “भारतकै कुरा गर्ने हो भने उसले प्रयोग गरिरहेको सोलारलाई चार्ज गर्न र परिआएको बेला सोलार प्लान्ट लाई ‘पिकिङ लोड’ दिन समेत नेपालको जलविद्युत् काम लाग्न सक्छ,” उनले भने।

    २०७३ सालको असारबाट प्राधिकरणको नेतृत्व सम्हालेका कुलमानले यसबाहेक विभिन्न दूरगामी अर्थ राख्ने काम गर्न सफल भए जसका कारण ‘लोडशेडिङ प्राधिकरण’ भनेर समेत चिनिने उक्त संस्थाको साख फर्काउन सफल भएको कुरामा दुईमत नरहेको जानकारहरूको जिकिर छ।

    लोडशेडिङमुक्त नेपाल

    नेपाल विद्युत् प्राधिकरणमा प्रवेश गर्दा कुलमान उक्त संस्थाको अवस्था नाजुक थियो। दैनिक १२ घण्टासम्म लोडशेडिङको मारमा सर्वसाधारण थिए।

    उनले नेतृत्व सम्हालेको केही महिनामै काठमाण्डूलाई लोडशेडिङमुक्त बनाउने घोषणा गरे। प्राधिकरणमा आउने हरेकजसो नेतृत्वले लोडशेडिङमुक्त गर्ने घोषणा गर्ने हुँदा धेरैले उक्त अभिव्यक्तिलाई महत्त्व दिएनन्।

    तर सबैको अनुमान विपरीत उनको घोषणा सही साबित हुन पुग्यो। काठमाण्डूमा सफलता चुमेपछि कुलमानको महत्त्वाकाङ्क्षा बढ्यो।

    कुलमान

    भरतपुर, पोखरा लगायत मुलुकका प्रमुख शहरमा समेत क्रमिक रूपमा लोडशेडिङ अन्त्य भयो। कुलमान निकै चर्चामा आए।

    धेरैले आकलन गरे विपरीत कुलमानले उक्त कार्यलाई निरन्तरता दिन सफल पनि भए। र, यो नै त्यसपछि उनले प्राप्त गरेको अन्य सबैजसो उपलब्धिहरूको सहायक हुन पुगेको उनी आफैँ बताउँछन्।

    उक्त प्रक्रियामा उनले तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र सचिव अनुपकुमार उपाध्यायको पनि दरिलो साथ पाए। उनीहरूको सहयोग विषेशत: सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत निर्णयमा रहेको कुलमान स्वीकार्छन्।

    हालका दिनमा काठमाण्डू लगायतका प्रमुख शहरमा बत्ती जाँदै नजाने भने होइन। तर यसको नाम भने परिवर्तन भएको छ। आममानिसले बत्ती जानुलाई ‘कुलमान जानु भयो’ भन्ने गरेका छन्। जसलाई उनले गरेको कामको कारण दिइएको आदरको रूपमा धेरैले अर्थ्याउँछन्।

    चुनौतीपूर्ण

    लोडशेडिङको भुमरीबाट आमजनतालाई बाहिर निकाल्नु यति चुनौतीपूर्ण काम थियो कि त्यसलाई सम्पन्न गरेपछि सबै ढोका एकैपल्ट खुलेको कुलमान आफैँ बताउँछन्।

    राजनीतिक सहयोग होओस् वा प्राधिकरणभित्रकै माहोल, सबै उनका लागि अनुकूल बन्न पुगे। र, त्यही आधारमाथि टेकेर एकैपटक करिब २,५०० जना कर्मचारी को सरुवा गर्ने काम उनले गरे।

    “शुरुमै एस्तो गर्न खोजेको भए सम्भव नहुन सक्ने खतरा थियो। त्यसैकारण मैले पहिला लोडेशेडिङमाथि प्रहार गरे र त्यसपछि कर्मचारी प्रशासनमा,” कुलमानले भने।

    कुलमान

    उक्त निर्णयको विरोध हुँदै नभएको चाहिँ होइन। तर कुलमानको प्रभाव यस्तो थियो कि कर्मचारी सङ्गठन, ऊर्जा मन्त्रालय र शीर्षस्थ राजनीतिक नेतृत्व लगायत सबै त्यसलाई मान्न बाध्य भए।

    शुरूमा रिसाएका कर्मचारी समेत आफ्नो पेशागत मर्यादा र कार्यथलोले मारेको फड्को देख्न थालेपछि बिस्तारै सकारात्मक हुन थालेको उनले बताए।

    आर्थिक प्रगति

    वर्षौँदेखि घाटामा चल्दै आएको नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक घसिङको प्रवेशसँगै एउटा नयाँ युगको शुरूवात भएको बताउँछन् उनीसँग नजिक रहेर प्राधिकरणमा काम गरेका एकजना कर्मचारी।

    त्यसो त दशकौँसम्म लोडशेडिङमा गुजारा गरिसकेका आमनेपालीका लागि उनले प्राधिरणको नेतृत्वमा आउन साथ गरेको लोडशेडिङको अन्त्य गर्ने जस्ता कामकै कारण उनको छवि अझ उच्चो हुन गयो।

    नेतृत्व सम्हालेको पहिलो वर्षमै करिब ९ अर्ब रुपैयाँ घाटामा रहेको संस्थालाई डेढ अर्बको हाराहारीमा फाइदामा पुर्‍याउन सफल भएको उनको दाबी छ।

    ”र यो तिन-चार प्रतिशतसम्म विद्युत् चुहावट घटाउनाले सम्भव भयो,” उनले भने। ”हाल १० प्रतिशतसम्म चुहावट नियन्त्रण भएको छ जसको मूल्य ८ अर्ब रुपैयाँ हाराहारी हुन्छ।”

    कुलमानका अनुसार आर्थिक सुधारले प्राधिकरणका कर्मचारीहरूमा संस्थाप्रति भरोसा दिलाउने काम गर्‍यो जसका कारण नेतृत्वलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आयो।

    निजी क्षेत्रलाई बढावा

    दीर्घकालीन महत्त्वका विषयको कुरा गर्दा कुलमानले गरेको अर्को महत्त्वपूर्ण काम भनेको ऊर्जा प्रवर्द्धकसँग ‘टेक अर पे’ मा विद्युत् खरिद सम्झौता भएको उनी आफैँ बताउँछन्।

    सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्दयुत् उत्पादन गर्ने नीतिलाई सहयोग गर्दै प्राधिकरणले गत वैशाखमा ‘टेक अर पे’ मा खरिद सम्झौता गर्ने निर्णय गरेको थियो।

    ”हेर्दा मन्त्रालयले गरेको निर्णय जस्तो देखिए पनि उक्त निर्णयका लागि बल दिने काम भने प्राधिकरण लेनै गरेको हो,” कुलमानले भने।

    ”उक्त अवधारणा अन्तरगत निजी क्षेत्रले आगामी ३ वर्षमा करिब ३,००० मेगावाट विद्युत् उत्पादन गर्नेछन् भने प्राधिकरण आफैँले पनि करिब २,००० मेगावाट उत्पादनको लक्ष्य लिएको छ।”

    उदय

    रामेछापको बेथान गाउँको एउटा सामान्य परिवारमा जन्मिएका कुलमानको बाल्यकाल अभावमै गुज्रियो।

    पढाइमा भने उनी बाल्यकालदेखि नै तेज थिए। प्रायःजसो उनी प्रथम हुन्थे। त्यसैकारण पनि होला कक्षा एक र दुई एकै वर्षमा उनले पूरा गरे। र, कक्षा तीन नपढी उनी चारमा उक्लिए।

    त्यसपछि उनी काठमाण्डू आए। काठमाण्डूमा पनि कक्षा छ नपढी उनी सातमा भर्ना भए। ‍र, पनि नतिजामा कुनै भिन्नता देखिएन अर्थात् फेरि पनि उनी प्रथम नै भए।

    पढाइप्रति उनको लगाव र क्षमताका कारण शिक्षकहरूले निजी विद्यालयमा भर्ना हुन प्रेरित गरे। निजी विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन गराइने हुँदा कक्षा पाँचमा भर्ना हुन उनलाई सुझाइयो।

    ”तर मैले मानिनँ। पुरानै विद्यालयमा फर्कन्छु भनेपछि कक्षा आठमा भर्ना भएँ,” कुलमानले भने। ”यहाँ पनि प्रथम नै भएँ।”

    कुलमान

    एसएलसी परीक्षामा ‘उत्कृष्ट १०’ मा पर्न झिनो अन्तरले वञ्चित भए।

    काठमाण्डूको अमृत साइन्स क्याम्पसमा अध्ययन सकेर उनी भारतमा इन्जिनियरिङ पढ्न गए। पुल्चोक इन्जिनियरिङ क्यामपसमा ‘ऊर्जा व्यवस्थापन’ मा स्नातकोत्तर गरे। पछि एस इन्स्टिट्यूट अफ म्यानेजमेन्टबाट उनले इएमबीए पनि गरे।

    लोकसेवा आयोग र नेपाल वायु सेवा निगममा समेत नाम निकाले पनि उनले कर्मथलोको रूपमा प्राधिकरण नै छाने।

    र, २०५१ सालमा सरकारी सेवामा उनी प्रवेश गरे। प्राधिकरणमा पनि उनले पढाइको क्रममा मारे जस्तै छलाङ मार्न सफल भए जसका कारण आफूभन्दा अग्रजलाई समेत पछि पार्दै प्राधिकरणको शीर्षस्थ नेतृत्वमा उक्लन उनी सफल भए।

    चिलिमेले दिएको ख्याति

    विद्यार्थी जीवनदेखिनै एकपछि अर्को फड्को मार्न सफल कुलमानले प्राधिकरणमा काम गर्दा मारेको महत्त्वपूर्ण छलाङ भनेको २०६७ सालमा पाएको चिलिमे जलविद्युत् आयोजनाका प्रमुखको जिम्मेवारी रहेको उनीबारे जानकार बताउँछन्।

    चिलिमेमा उनले देशमै पहिलोपटक जलविद्युत्‌को सेयर सर्वसाधारणका लागि जारी गर्ने काम गरे जसले उनलाई चर्चामा पुर्‍यायो। जानकारहरूकै शब्द सापटी लिने हो भने यो उनको क्षमताको प्रदर्शन नै थियो।

    शेयर मात्र नभएर उनले स्थानीयवासीबाट बटुल्न सफल भरोसा र विना ढिलासुस्ती आयोजनासम्बन्धी काम बढाएका कारण पनि उनको चिलिमे कार्यकाल निकै सफल रहेको भनाइमा जानकारहरूको एकमत छ।

    रसुवा जिल्लास्थित आयोजनामा शुरूमा बोर्ड डाइरेक्टरका रूपमा प्रवेश गरेका कुलमानपछि आयोजनाका कार्यकारी निर्देशक नै बन्न सफल भए।

    चिलिमेमा कुलमानले प्राप्त गरेको ख्याति यस्तो थियो कि तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमेबाट केन्द्रमा फिर्ता बोलाउँदा स्थानीयवासी आन्दोलनमै उत्रेका थिए।

    मन्त्री ज्ञवालीले उनलाई केन्द्रमा तानेपछि केही समय ओझेलमा परेको ‘करियर’ लयमा आउन धेरै समय लागेन।

    समय व्यवस्थापन

    आखिर कसरी गर्छन् त कुलमानले यति धेरै कामका लागि समयको व्यवस्थापन?

    एकछिन टोलाएपछि मधुरो स्वरमा उनले भने, ”समयको उचित व्यवस्थापन गर्न सकिएन भने केही गर्न सकिँदैन। यो सबैभन्दा महत्त्वपूर्ण काम हो।”

    कुलमान हरेक दिन बिहान ९ बजेभन्दा अघि कार्यालय पुगिसकेका हुन्छन्। हरेक दिन ३ बजेपछि मात्रै सर्वसाधारण तथा आगन्तुकलाई भेट्छन्।

    कुनैपनि बेला उनको खोजी गर्दै आउन सक्ने सांसद लगायत अन्य विशिष्ट व्यक्तित्वलाई चलाखीपूर्वक रूपमा सम्हाल्छन्।

    कुलमान
    Image captionफाइल तस्वीर

    कार्यालय समयपश्चात् सदर गर्नुपर्ने काजपत्रतर्फ उनको ध्यान जान्छ। कुनै एउटा दिन ३० देखि ४० वटा दस्तावेजमा हस्ताक्षर गरेको सम्झँदै उनी भन्छन्, ”साँझ ८-९ बजेसम्म म लगायत टोली कार्यालयमै हुन्छौँ।”

    कार्यालयमा भेटघाटका लागि आउने जोकोहीलाई उनको कार्यकक्षसम्म पुग्न सम्भव छैन। पहिलो तल्लामा रहेको ‘हेल्प डेस्क’का कर्मचारीले बायोमेट्रिक प्रविधिबाट खुल्ने ढोका खोलेपछि बल्ल पहिलो तल्लामा रहेको उनको कार्यकक्ष पुग्न सकिन्छ।

    ”ढोका खोल्ना साथ लाम लागेका आगन्तुकहरूलाई पन्छ्याउन गाह्रो भएपछि तल्लो तलामै रोक्नुपरेको हो। भेटघाटका लागि धेरै समय छुट्याउँदा गाह्रो पर्ने हुँदा यस्तो गर्नुपरेको हो,” उनले भने।

    कम छैन चुनौती

    सफलताको शिखरमा रहेका कुलमानका अगाडि चुनौतीको कमी भने छैन। उनको कार्यकाल सकिन लगभग दुई वर्ष बाँकी रहँदा कामको थुप्रो बढ्ने क्रममा छ। कुलमानको आफ्नै भनाइमा उनले पालेको महत्त्वाकाङ्क्षाकै कारण चुनौतीको चाङ्ग अझै थपिने क्रम जारी छ।

    आगामी दिनमा मुलुकका लागि सबैभन्दा महत्त्वपूर्ण कार्य र प्राधिकरणका लागि चुनौती भनेको मुलुकभित्र उत्पादित ऊर्जाको खपत बढाउनु हो।

    आगामी पाँच वर्षमा मुलुकभित्र ऊर्जा खपत प्रतिव्यक्ति इकाई ७०० र १० वर्षमा प्रतिव्यक्ति इकाई १,५०० पुर्‍याउने लक्ष्य सरकारले लिएको छ।

    कुलमान

    हालका दिनमा प्रतिव्यक्ति इकाई करिब २०० को हाराहारीमा रहेकाले ऊर्जा खपत बढाउन सहज भने छैन।

    कुलमानको कामलाई नजिकबाट नियालेका एकजना जानकारका अनुसार उनको कार्यकालमा थुप्रै उपलब्धि हासिल भए पनि प्रसारणलाइन लगायतका पूर्वाधार विकासका कार्यमा भने सोचे अनुरूप प्रगति हासिल हुन सकेको छैन।

    त्यस्तै आफ्नो कार्यकालमा प्राधिकरणलाई एउटास्तरमा ल्याएका कुलमानका लागि उनले गरेको काम र भावी योजना कार्यान्वयन गर्नका लागि संस्थाभित्रैबाट योग्य उत्तराधिकारीको विकास गर्नुपर्ने चुनौती समेत रहेको छ।

    आलोचना

    सफलताको शिखरमा रहेका कुलमानले नेपाल विद्युत् प्राधिकरणमा कायापलट गर्न सफल भएको र एक चरणको चुनौँती पार गरे पनि आगामी दिनमा चाहिने पूर्वाधारका बारेमा भने उचित रणनीति सार्वजनिक गर्न नसकेको जानकारहरू बताउँछन्।

    ”उहाँले राष्ट्रको ऊर्जा क्षेत्रमा गर्नुपर्ने एक चरणको काम गरिसक्नुभएको छ। अब अर्को चरणको रणनीति अवलम्ब गरेर अघि बढ्न जरूरी छ, जसमा भने पछि परेको आभास हुन थालेको छ,” कुलमानसँग नजिक रहेर काम गरेका एकजना ऊर्जा विज्ञले नाम नबताउने सर्तमा बीबीसीलाई भने।

    उनका अनुसार कुलमा माथि सानो टोलीको नेतृत्व गर्ने र आफ्ना निकटका अधिकारीहरूबाहेक अरूको कुरा नसुन्ने जस्ता आरोप पनि छन्।

    ”एक पछि अर्को सफलता प्राप्त गरेकाले होला पछिल्दा दिनमा उहाँले अरूको कुरा सुन्न कम गर्नुभएको महसुस हुन्छ,” उनले भने।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष १८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.