×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

निर्मला पन्तको बलात्कार, हत्या: अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान गर्ने कि नगर्ने ?

  •  
  • सोमबार, पुष १६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा अनुसन्धानका लागि अन्तर्राष्ट्रिय अनुसन्धानकर्तालाई बोलाएमा त्यसले नेपाल प्रहरीको क्षमतामाथि प्रश्न उठाउनसक्ने प्रतिक्रिया सुरक्षा निकायका पूर्व अधिकारीहरूले दिएका छन्।

    घटनाको पाँच महिना बितिसक्दा पनि दोषी पत्ता नलागेका बेला प्रधानमन्त्री केपी ओलीले आइतवार उक्त घटनाको अनुसन्धानका लागि विदेशी अनुसन्धानकर्ता झिकाउन सक्ने अभिव्यक्ति दिए।

    त्यसको प्रतिक्रियामा पूर्व प्रहरी अधिकारीहरूले अनुसन्धानको कुनै पाटोमा अन्तर्राष्ट्रिय प्राविधिकको सहयोगसम्म लिन सक्ने सुझाव सरकारलाई दिएका छन्।

    निर्मला पन्त प्रकरणमा, अनुसन्धानमा खटिएका प्रहरी नै कारबाहीमा पर्नुले अन्य प्रहरी अधिकारीहरूको मनोवल खस्किन पुगेको बताउने एकजना पूर्व प्रहरीले थप अनुसन्धानको लागि अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता बोलाउनु राम्रो निर्णय नहुने बताएका छन्।

    नेपाली सुरक्षाविद्हरूको प्रतिक्रिया के छ?

    अपराध अनुसन्धान महाशाखामा लामो समय काम गरेका पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्लले अनुसन्धानको कुनै पाटोमा सहयोगसम्म माग्नु उपयुक्त हुने बताए।

    उनले भने, “यहाँको भूगोल, जनजीवन, यहाँका मानिसहरूको व्यवहारको कुरा गरौँ। त्यो त हामी प्रहरीले नै बुझ्न सक्छौँ नि। नेतृत्व नेपाल प्रहरीलाई दिएर कुनै पाटोमा जस्तै बलात्कारका विज्ञलाई ल्याइयो भने अनुसन्धानमा सघाउ पुग्न सक्छ। पूर्ण रूपमा जिम्मा दिँदा त्यति ठीक नहोला।”

    तीनवटा छानविन कमिटी गठन भइसक्दा पनि बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया निर्मला पन्तका हत्यारा पत्ता नलागेपछि प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता ल्याउने अभिव्यक्ति दिएका हुन्।

    लगातारको आन्दोलनले सरकारमाथि दबाव परेको ठानिएको छ भने प्रहरीको क्षमतामाथि समेत कैयौँले प्रश्न चिह्न उठाउँदै आएका छन्।

    तर विगतमा नेपाल प्रहरीले गाह्रोभन्दा गाह्रो अपराध अनुसन्धानमा सफलता पाएका प्रशस्त उदाहरणहरू रहेको भन्दै गृह मन्त्रालयका पूर्व सचिव खेमराज रेग्मी हतारिनु भन्दा संयमता अपनाउनमा जोड दिनुपर्ने बताउँछन्।

    संयमता अपनाउने सुझाव किन?

    उनले भने, “नहतारिन उपयुक्त हुन्छ। विदेशी विज्ञ बोलाएर यहाँको प्रहरी प्रशासनको मनोबलमा ह्रास ल्याउन उपयुक्त हुँदैन जस्तो मलाई लाग्छ।”

    पाँच महिनासम्म दोषी पत्ता नलागेपछि पीडित निर्मलाको गृह जिल्लादेखि काठमाण्डूसम्मै उनका लागि न्यायको माग गर्दै आन्दोलनहरू भइरहेका छन्।

    तर निरन्तरको दबावकामाझ पनि सरकारले अनुसन्धानमा ठोस् परिणाम पाउन नसकेको भन्दै यस विषयमा सडकदेखि सदनसम्म सरकारको चर्को आलोचना भइरहेको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष १६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.