दीपक श्रेष्ठ/गोरखा
पौष १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सवै जनताले अनुभुती गर्ने गरी बिकास र सम्बृद्धिको दिशामा सरकारले काम गरिरहेको दावी गर्नुभएको छ । गोरखाको बारपाकमा आज प्रभु बैंकको शाखा कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो बताउनु भएको हो । ‘संघिय सरकार बनेको नौ महिना मात्र भएको छ, उहाँले भन्नुभयो, ‘अहिले नै सरकारले काम गर्न सकेन भन्नु गलत हो ।’
शिक्षा, स्वास्थ, रोजगारी, खाद्यान्य र आवासको समस्याबाट कोही पनि पिडित हुन नपर्ने गरी बिकसित नेपालको निर्माणका लागि सरकार लागी परेको उहाँले बताउनुभयो । ‘बिकास र सम्बृद्धिको प्रतिफल आम जनताले आफ्नै पोल्टामा अनुभुती गर्ने गरी परिवर्तन आबश्यक छ,’ उहाँले भन्नुभयो, ‘तर त्यसका लागि केही समय लाग्छ ।’
बर्तमान सरकारले सवैखालका बिदेशी हस्तक्षेपलाई बन्द गरी आफ्नो भाग्य र भविस्य निर्माणका लागि आफै निर्णय गर्ने हैसियतमा नेपाली जनतालाई पु¥याएको नेता श्रेष्ठको भनाई छ । ‘बिदेशीसंग सहयोग लिन्छौ, मित्रता कायम गछौ तर हस्तक्षेप स्विकार गर्दैनौ भन्ने एउटा निति लागू भएको छ यो सरकारले गरेको सवै भन्दा महत्वपूर्ण काम हो।’ पार्टीका प्रवक्ता समेत रहनु भएका नेता श्रेष्ठले भन्नुभयो ।
संबिधानमा सवै नागरिकका लागि ३१ ओटा मौलिक हकको व्यवस्था गरेको भएपनि कानुन नबनाई त्यसको कार्यान्वयन सम्भव नभएकाले सरकारले कानुन निर्माण गरिसकेको उहाँले बताउनुभयो । त्यस्तै सरकारले सवै मजदुर तथा श्रमजिवी जनताको जिवनस्तरमा परिवर्तन ल्याउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको उहाँको भनाई छ ।
नेता श्रेष्ठले भुकम्पपछिको पुर्ननिर्माणका काम पछिल्लो चरणमा तिव्र गतिमा अघि बढेको भन्दै लाभग्राहीको सूचीमा नपरेका बास्तबिक भुकम्प पिडितको गुनासो तत्काल सम्बोधन हुने बताउनुभयो । ‘भुकम्पले क्षति पु¥याएका जो बास्तबिक भुकम्प पिडित छ, जसको घर क्षति भएको छ र घरमा बस्न सक्ने स्थित छैन भने एकजना पनि नछुट्ने गरी काम हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि प्राधिकरणले सवै जिम्मा स्थानिय तहलाई दिइसकेको छ ।
शैक्षिक बेरोजगारलाई व्यवसाय सन्चालन गर्नेगरी प्रमाणपत्र घितो राखेर त्रृण दिन शुरु गरेको उहाँले बताउनुभयो । ‘यो महत्वपूर्ण काम हो, नेता श्रेष्ठले भन्नुभयो, ‘यसले युवाहरुलाई स्वरोगार बनाउन भुमिका खेल्छ ।’ उहाँले सम्बृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै सवै राजनीतिक मिलेर दलहरु प्राप्त उपलब्धीलाई रक्षा गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।




















