×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

जनकपुर: सीताको मन्दिरको दाँजोमा रामको मन्दिर किन उपेक्षामा

  •  
  • बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    ‏बृजकुमार यादव बीबीसी न्यूज नेपाली

    राम र जानकीको विवाहको पर्व मनाउन जनकपुरमा विवाह पञ्चमी महोत्सवको धुमधाम तयारी भइरहेको छ।

    तर यसपटक नजिकैको राम मन्दिरमा भने खासै चहलपहल देखिएको छैन।

    राम मन्दिरस्थित महन्त भन्छन्, “गुठी संस्थानले विवाह महोत्सव पर्वका लागि भनेर खर्च दिँदैन त्यही भएर यस्तो ठूलो पर्वका बेला पनि धुमधामको व्यवस्था गर्न सकिँदैन।”

    हिन्दू धार्मिक विश्वासमा त्रेतायुगमा राम र जानकी भनेर पनि चिनिने सीताको विवाह भएको उत्सव मनाउने पर्वका बेला राम मन्दिरमा चहलपहल नदेखिनुलाई स्थानीय श्रद्धालुहरू ‘ससुरालीमा भगवान रामको उपेक्षा’ त भइरहेको छैन भनेर टिप्पणी गर्दैछन्।

    ‘बजेट नै छैन’

    यो वर्षको विवाह पञ्चमीका लागि रामको जन्मस्थान मानिएको भारत उत्तर प्रदेशको अयोध्याबाट साधुसन्तहरूको टोली सहितको जन्ती जनकपुर आइपुगेको छ।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसपालि विवाहमहोत्सवमा रामको जन्तीको नेतृत्व गर्दै आइपुगेका छन्।

    भारतका विशिष्ट पाहुनको संलग्नतामा हुन लागेको महोत्सव आयोजनाका लागि आर्थिक अभाव हुनु दु:खद भएको गुनासो गर्छन्, राममन्दिरका महन्त राम गिरी।

    “जानकी मन्दिर जस्तै राम मन्दिरलाई पनि झिलिमिली बनाउन नचाहेको होइन,” महन्त गिरिले भने, “तर गुठी संस्थानले यहाँबाट लिएर जाने मात्र गर्छ, महत्त्वपूर्ण पर्व महोत्सवका लागि आवश्यक बजेट भने दिँदैन।”

    राम मन्दिर १२ सय वर्ष पुरानो रहेको बताइन्छ भने जानकी मन्दिर स्थापनाको ५ सय वर्ष भएको छ।

    राम मन्दिर राजगुठी अन्तर्गत रहेको छ।

    अत्यन्त महत्त्वपूर्ण सयौं विघा जग्गा गुठी तालुकको छ।

    तर भगवान् राम मन्दिरमा भने विवाह उत्सवको तयारीसमेत केही गरिएको छैन।

    भारतबाट आउने सन्तमहन्तहरूलाई मन्दिर परिसरमा रहेका वृक्षमुनी कठ्याङ्ग्रिएर बस्नुको विकल्प छैन।

    तिलकोत्सव समारोह सोमवार राम मन्दिरमा आयोजना गरिएको थियो।

    अयोध्या र जनकपुरका सयौं श्रद्धालुहरू त्यसमा सहभागी थिए।

    राम मन्दिर

    विवाह पञ्चमीको दिन राममन्दिरबाट जानकी मन्दिरमा जन्ती जानेछ।

    तिलकोत्सव समारोहमा जानकी मन्दिरबाट १ सय ८ भार राम मन्दिर गएको थियो।

    तर त्यहाँ तयारी खासै थिएन।

    मन्दिरसँग तयारिका लागि बजेट छैन।

    राम र महाबीर युवा कमिटीले मन्दिरका अन्य आयस्रोतमाथि कब्जा जमाएका छन्।

    जन्तीहरू निराश

    भारतबाट जन्ती आएका साधुसन्तहरू राम मन्दिरमा आयोजित तिलकोत्सवमा सहभागी हुँदा निराश जस्तै देखिए।

    उनीहरूले अपेक्षा गरे अनुरुपको तयारी नदेखेपछि खल्लो महसुस गरेको बताए।

    तर राम मन्दिरमा विवाह उत्सव जस्तो माहोल नदेखिएको श्रद्धालुहरू बताउँछन्।

    “राममन्दिरमा शोभा सुन्दर केही देखिएन,” एक श्रद्धालु गीता क्षेत्रीले भनिन्, “विवाह जानकीको मात्र होइन, रामको पनि हो। जनक दरवारमा उत्साह जस्तै दशरथ दरवारमा पनि उत्साह हुनुपथ्र्यो।”

    राममन्दिरको सञ्चालन गुठीले गर्दै आएको छ।

    विवाह पञ्चमी

    गुठी संस्थानले महन्तलाइ जागिरेको रुपमा राखेर तलब, सुविधा उपलब्ध गराउँछ।

    “राममन्दिरका महन्त गुठीको तलबी कर्मचारी मात्र हुन्,” मन्दिरका एकजना साधुले भने, “उनले आफ्नो चाहना अनुसार मन्दिरलाई साजसजावट लगायतका कार्यहरू गर्न सक्दैनन्।”

    गुठी संस्थानको कार्यालय समेत रहेको राम मन्दिरको फुलबारीलाई समाप्त गरिएको छ।

    केही युवा कमिटीहरूले त्यहाँ मेलाको आयोजन गरी अवैध असुली गरे पनि गुठी मौन देखिन्छ।

    राम मन्दिर क्षत्रको पवित्रता समाप्त गरिएको छ।

    पवित्र पोखरी ढल बनेको छ ।

    राम मन्दिरमा विवाह महोत्सवको आयोजन खल्लो रहेको भन्दै आलोचना भइरहेको बेला गुठी संस्थान धनुषाका प्रमुख मनोज शर्माले विधिविधानमा कुनै कमी नरहेको दावी गरे।

    “जानकी मन्दिर गुठी अन्तर्गत रहेकोले त्यहाँका महन्त नै सर्वेसर्वा हुन्,” शर्माले भने, “जानकी मन्दिरलाई प्रदेश, उपमहानगर लगायत विभिन्न निकायहरूबाट सहयोग प्राप्त हुन्छ।”

    राममन्दिरलाई गुठी संस्थानले कानूनी परिधि भित्र रहेर मात्र सहयोग उपलब्ध गराउने भएकाले कमी हुनु अस्वभाविक नभएको शर्माले बताए ।

    उपेक्षाको कारण

    मिथिला सँस्कृतिमा ज्वाइँ विशिष्ट पाहुना मानिन्छन्।

    तर अहिले भगवान राम ससुरालीमा उपेक्षित देखिएका छन्।

    विवाह महोत्सवमा सहभागी हुन अयोध्याबाट ठूलो संख्यामा सन्तमहन्त लगायत विभिन्न क्षेत्रबाट विशिष्ट व्यक्तिहरू आउँदै छन्।

    त्यस्तो अवस्थामा राममन्दिरलाई सुन्दरता प्रदान गर्न सकिएको छैन।

    राममन्दिर अन्तर्गतको अधिकांश जमिनहरू गुठीको मिलेमतोमा बिक्री भइसकेको छ।

    मठ मन्दिरहरूको संरक्षणका लागि बनाइएको गुठी यहाँका मठमन्दिरहरूको उपेक्षाको कारण बनेको छ।

    गुठी मातहतका अधिकांश मठमन्दिरहरूको अवस्था जीर्ण छ।

    जानकी मन्दिरलाई प्रदेश सरकारले साजसज्जाका लागि रकम उपलब्ध गराएको छ।

    काठमाण्डूस्थित भारतीय राजदूतावासले पनि सहयोग गरेको देखिन्छ।

    तर राम मन्दिरलाई त्यस्तो कुनै सहयोग प्राप्त हुँदैन।

    मन्दिरको अधीनमा रहेका पसलहरूको भाडा पनि गुठीले नै असुल गरेको महन्त गिरीको दुखेसो छ ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.