×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सरकारलाई दिएको समर्थन फिर्ता लिने : महतो

  •  
  • मङ्गलबार, मङि्सर २५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    देवनारायण साह

    मंसिर २५, २०७५ विराटनगर — राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले अब बस्ने पार्टी बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय हुने बताएका छन् ।

    राजपा मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले सरकारले आफूहरुको माग पूरा गर्न गम्भीर नदेखिएकाले समर्थन फिर्ताको विकल्प नभएको बताएका हुन्।

    ‘दुई तिहाईको सरकारले संविधान संशोधन गरेर हाम्रो माग पूरा गर्छ भन्ने आशावादी भएर समर्थन गरेका थियौँ,’ उनले भने, ‘तर अब सरकारले माग पूरा गर्छ भन्ने आशा मरिसकेकाले समर्थन दिइरहनु पर्ने अवस्था रहेन।’ माग पूरा नगरे समर्थन फिर्ता लिने विषयमा प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइसकेको उनले बताए।

    ‘सरकारले षडयन्त्रमूलक ढंगले हाम्रो पार्टी सरकारमा जाँदै छ भनेर प्रोपोगण्डा चलाइन्छ,’ उनले भने, ‘सरकारमा जाने हाम्रो कुनै सम्भावना छैन र हामीले माग पूरा नहुञ्जेल त्यो परिकल्पना पनि गर्न सक्दैनौँ।’

    संविधान संशोधन, रेशम चौधरी लगायतका बन्दी रिहाई, मुद्दा फिर्ता लगायतको माग पूरा नभएसम्म सरकारमा जाने कुनै सम्भावना छैन। उनले अब आफूहरु सडक संघर्षमा उत्रिने बताए।
    प्रदेश २ को नाम र राजधानीको टुंगो नलागी रहेको बेला महतोले मधेस प्रदेश नामाकरण हुनुपर्ने सुझाव दिएका छन्। उनले ऐतिहासिक, पौराणिक, धार्मिक, सांस्कृतिक महत्वको जनकपुरलाई नै प्रदेश २ को राजधानी बनाउनु उपयुक्त हुने बताए। ‘प्रदेश २ को नाम र राजधानी तोक्ने अधिकार प्रदेश संसदको हो,’ उनले भने, ‘प्रदेश २ को नाम र राजधानीबारे सुझाव संकलनका लागि कार्यदल बनेको छ, जसले विभिन्न जिल्लामा पुगेर सुझाव संकलन गर्दैछ।’

    संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नीति र नियत ठीक नभएकोले आफ्नो पार्टीसँग एकता हुन नसक्ने बताए। उनले संघीय समाजवादी संविधान दिवस मनाउने नीति भएको पार्टी हो भने हाम्रो कालो दिवस मनाउने नीति लिएको पार्टी भएको बताए।

    महतोले निर्धारित समयमा पार्टीको महाधिवेशन गराउने जिम्मेवारी आफ्नो काँधमा आएकाले त्यसको तयारीमा लागेको बताए। उनले अहिले संगठन निर्माण लगायतको काम भइरहेको बताए।
    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर २५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.