×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

शृङ्खला खतिवडाले देखाइन् नेपाली युवालाई विश्वमा तिनको स्थान

  •  
  • मङ्गलबार, मङि्सर २५, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    ‏राजेश जोशी बीबीसी न्यूज

    सामाजिक सञ्जाल यस्ता सन्देशहरूले भरिएको छ जसबाट थाहा हुन्छ कि पछिल्ला दुई हप्तामा मिस नेपाल शृङ्खला खतिवडाले नेपाली समाजलाई निकै खुशी र गर्व महसुस गराएकी छन्।

    उनले पूरै नेपाली समाजका लागि एउटा उदाहरण प्रस्तुत गरेकी छन् भन्दै अधिकांश मानिसहरूले शृङ्खलाको इन्स्टाग्राम, फेसबुक र ट्वीटर ह्याण्डलमा सन्देश पठाएका छन्।

    केही मानिसहरूले लेखेका छन्, “तपाईँको कारणले हामीलाई पनि विश्वास भएको छ की हामी पनि केही गर्न सक्छौँ। तपाईँले हामीलाई आत्मविश्वास दिनुभएको छ।”

    शृङ्खला खतिवडाले चीनमा हालै भएको विश्व सुन्दरी प्रतियोगिता जित्न सकिनन् तर उनलाई पठाइएका सन्देशहरूमा कहिं कतै कटुता छैन।

    उनको इन्स्टाग्राममा पोष्ट गरिएका केही सन्देशहरू हेर्नुस्:

    •अभिज्ञा थापाले लेखेकी छन् – दिदी तपाईँले सबै नेपालीलाई गौरव महसुस गराउनुभएको छ। तपाईँ धेरै मेहनती र प्रतिभाशाली हुनुहुन्छ। विश्व सुन्दरीको उपाधि मिस मेक्सिकोले जितिन् तर तपाईँले हामी सबै नेपालीको मन जित्नुभएको छ। तपाईँले सधैँ जित्नुहुनेछ।

    •सारूमीएलले लेखेका छन् – तपाईँले हामी सबैलाई गौरवान्वित बनाउनुभएको छ। अभावमा रहेका मानिसका लागि तपाईँ आफ्नो काम गर्नुस् किनकि तपाईँको जीवनको उद्देश्य त्यही हो।

    •एलिसा शेर्पा लेख्छिन् – तपाईँ हाम्रो मिस वर्ल्ड हो।

    •दक्षिण कोरियाबाट काइर तामाङले लेखेका छन् – मैले कहिले पनि सौन्दर्य प्रतियोगिता हेरेको थिइनँ। शृङ्खला मैले केवल तपाईँको कारण यो प्रतियोगिता हेरेँ। तपाईँले हामीलाई गौरवान्वित बनाउनुभएको छ।

    •सुजु मगर्नीले लेखेकी छन् – तपाईँले हामीलाई हिमालको उचाईमा पुर्‍याउनुभएको छ। दिदी तपाईँ हामी सबै नेपालीका लागि प्रेरणाको स्रोत हुनुहुन्छ। अब हामीलाई लागेको छ कि हामी पनि सबै कुरा हासिल गर्नसक्छौँ।

    •किराँती विशालले लेखका छन् – पूरै दुनियाँमा तपाईँले आफ्नो देशको नाम ऊँचो बनाउनुभएको छ। तपाईँ पवित्र र सम्पूर्ण हुनुहुन्छ।

    आखिर शृङ्खला खतिवडाले विश्व सुन्दरी प्रतियोगितामा भाग लिएर त्यस्तो के गरिन् जसका कारण उनी नेपालीको आँखाको तारा बन्न सकिन्?

    परम्परागत समाजमा अहिले पनि कैयौँ मानिसहरू सुन्दरी प्रतियोगितालाई पश्चिमी देशको तौरतरिका र बढ्दो बजारवादको खराब प्रतिफलका रूपमा हेर्ने गर्छन्।

    धेरै मानिसहरूलाई याद होला कि झण्डै १२ वर्षअघिको समयमा काठमाण्डूमा आयोजित सौन्दर्य प्रतियोगिताको विरोध गर्दै तत्कालीन माओवादीको महिला मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका थिए।

    सशस्त्र विद्रोह शुरू गर्नुअघि पन‌ि माओवादी विद्रोही नेताहरूले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ४० बुँदे मागपत्र दिएका थिए।

    त्यसको आठौँ बुँदा माओवादीका नेताहरूलाई अझै पनि याद होला – “साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदूषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ।”

    यो त्यहीँ बेला थियो जतिबेला राजनीतिक विरोधका कारण मिस नेपाल प्रतियोगिताका आयोजकहरूले उक्त कार्यक्रम नै रद्द गर्नुपरेको थियो।

    नयाँ प्रतियोगिताहरू नगर्न धम्कीहरू पनि दिइयो।

    तर अन्य समाजमा जस्तै नेपालमा पनि धेरै विरोधाभासहरू छन्।

    जस्तो कि विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने शृङ्खलाका आमाबुवा कम्युनिष्ट आन्दोलनसँग गहिरो रूपमा जोडिएका छन्।

    उनका बुवा विरोध खतिवडा नेपाल कम्युनिष्ट पार्टीका सांसद हुन् भने आमा मुनु सिग्देल सोही पार्टीकी जिल्ला पदाधिकारी हुन्।

    परिवारलाई सहमति गराउनै गाह्रो

    उनकी आमाले बीबीसीसँगको कुराकानीमा पनि भनेकी छन्, शुरूमा श्रृङ्खलाका बुवा छोरीले सुन्दरी प्रतियोगितामा भाग लिन्छु भन्दा त्यसमा राजी थिएनन्।

    तर पछि शृङ्खलाले आफ्नो आमाको माध्यमबाट बुवालाई मनाइ छोडिन्।

    जे होस्, कुनै युवतीले विश्व सुन्दरी प्रतियोगितामा भाग लिनु कुनै त्यस्तो असाधारण कुरा होइन जसबाट समाजलाई कुनै प्रेरणा वा उदाहरण प्राप्त होओस्।

    तर नेपालमा शृङ्खला खतिवडाले नेपालीलाई एउटा यस्तो समयमा आशा देखाइन् जब नेपाली राजनीति एउटा उथलपुथलको स्थितिबाट गुज्रिरहेको छ।

    प्रत्येक दिन बिहानको अखबारमा छापिएका समाचारले मानिसहरूमा आशा जगाउनुको सट्टा गहिरो निराशाको भाव जगाइदिन्छ।

    देश संवैधानिक राजतन्त्रबाट संघीय गणतन्त्रमा परिवर्तन हुँदाको सङ्क्रमण अझै पनि पूर्ण रूपमा सकिएको छैन।

    समाज थुप्रै प्रकारले विभाजित छ, विकाससम्बन्धी दर्जनौँ आयोजनाहरू अधुरै छन्, जताततै सडकहरू कच्ची छन् र यो कच्ची सडकबाट उड्ने धूलो राजधानी काठमाण्डूको आकाशमा निरन्तर छाइरहन्छ।

    मानिसहरू मुखमा मास्क लगाएर मात्रै सडकमा निस्किन्छन्।

    शृंखला खतिवडा

    आलोचना सहँदैन सरकार

    नेपालका दुईवटा ठूला कम्युनिष्ट पार्टी – माओवादी केन्द्र र एमाले – ले आफ्नो राजनीतिक मतभेद बिर्सेर एकै ठाउँमा आउने फैसला गरे र उनीहरूको यो निर्णयलाई दुई तिहाइको बहुमत दिएर नेपाली जनताले पनि साथ दिए।

    जनतालाई आशा थियो की विगत दश वर्षदेखि खाल्टाखुल्टी भएको बाटोमा हल्लिँदै अघि बढिरहेको देशको राजनीतिमा शायद अब केही स्थिरता आउनेछ।

    शायद अब शिक्षा र रोजगारीमा बढी ध्यान दिइनेछ।

    विद्यालय र अस्पतालहरू खोलिनेछन्, रेलवेको लिग बिच्छ्याइनेछ, पिउनका लागि सफा पानी पाइनेछ, यातायातको सुविधा हुनेछ, साना बालिका र युवतीहरू सुरक्षति रहनेछन् र देश सुखी र सम्पन्न हुनेछ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सत्तामा आएको १० महिना पूरा भएको तर लाग्छ अझै पनि विकासको पाङ्ग्रा वागमती नदीमा जमेर रहेको फोहोरमा फसेको छ।

    सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे अझै प्रहरीले कुनै सुराक पत्ता लगाउन सकेको छैन।

    जब नौजवान युवायुतीको समूह निर्मला पन्तका लागि न्यायको माग गर्छन् र काठमाण्डूका बिजुलीका खम्बामा ‘सरकार भेटियो न्याय भेटिएन’ भनेर पोष्टर टाँस्छन् तब सरकारलाई त्यो मनपर्दैन।

    काठमाण्डूका प्रहरीलाई निर्मला पन्तको त्यस्तो पोष्टर च्यातेर प्रधानमन्त्री केपी शर्मा ओलीको पोष्टर टाँस्ने काम दिइन्छ।

    कुनै पनि गणतन्त्रले आफ्ना नागरिकहरूलाई सरकार, प्रधानमन्त्री, मन्त्री, प्रहरी, कर्मचारीतन्त्र र योजनाकारहरूको आलोचना गर्न खुला छुट दिन्छ।

    नेपालमा पनि राजनीतिक टिप्पणीकार सरकारको आलोचना गर्छन्।

    तर प्रधानमन्त्री ओलीलाई यो आलोचना मन पर्दैन र उनी आफ्ना आलोचक र बुद्धिजीवीमाथि खनिन्छन्। उनी तिनलाई बहसका लागि चुनौती दिन्छन्।

    यस्तो अवस्थामा शृङ्खला खतिवडाले विश्वभरबाट कडा प्रतिस्पर्धा पार गरेर आएका सुन्दरीहरूबीच आफ्नो स्थान बनाइन्।

    उनले नेपालको कुनाकाप्चाको क्षेत्रमा रहेका गरीब समुदायको बीचमा गएर उनीहरूको आवश्यकताबारे बुझिन् र उनीहरूलाई औषधिउपचारको सुविधा दिनका लागि अस्पताल बनाउने काम गरिन्।

    उनले यस्तो काम गरेर देखाइन् कि विश्व सुन्दरी प्रतियोगितामा ‘ब्यूटी विथ अ पर्पस’ को उपाधि जितिन्।

    भर्खरका युवायुवतीहरू यसकारण शृङ्खला खतिवडाको प्रशंसक भएका छन् कि उनले नेपाली समाजलाई दुनियाँमा आफ्नो स्थान खोज्न सक्ने आत्मविश्वास दिलाएकी छन्।

    त्यही भएर सुजु मगर्नी लेख्छिन् – “अब हामीलाई लागेको छ की हामी पनि सबै कुरा हासिल गर्न सक्छौँ।”

    कसैलाई यो विश्वास दिलाउन सक्नु सानो काम होइन।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर २५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.