×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

रेल विभागका प्रमुखः ‘मेरो जागिरकालमा आउँदैन चीनबाट रेल’

  •  
  • मङ्गलबार, मङि्सर २५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाललाई चीनसँग जोड्ने रसुवागढी-काठमाण्डू रेलमार्गबारे अध्ययन गरिरहेको चिनियाँ टोली तारन्तार नेपाल आउन थालेपछि कैयौँको चासो छ, के चीनसँग छिट्टै रेलमार्ग जोडिने सम्भावना बढेको हो?

    रेलसम्बन्धी तेस्रो बैठकमा सहभागी हुन चिनियाँ टोली नेपाल आएकै बेला त्यो प्रश्नको जवाफ खोज्दै जाँदा वर्तमान सरकारले ठूलै महत्त्व दिएको उक्त रेलमार्गबारे रेल विभाग महानिर्देशकले भने, “खै मेरै जागिरकालमा काम शुरू होला जस्तो छैन।”

    रेलमार्ग निर्माणका लागि रसुवागढीदेखि काठमाण्डूसम्मको भूगोल अप्ठ्यारो भएकाले पनि उक्त आयोजना कार्यान्वयनमा धेरै समय लाग्नसक्ने विज्ञहरूले औँल्याउने गरेका छन्।

    त्यो आयोजनाबारे चिनियाँ टोलीले सोमवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एउटा प्रतिवेदन बुझाएको छ।

    पूर्व सम्भाव्यता अध्ययनको प्रतिवेदन चीनमा गएर हामीले पहिले नै दुई पक्षका अधिकारीहरू बसेर हेरेका थियौँ र त्यसलाई अन्तिम रूप दिन हामीले केही सुझाव दिएका थियौं। ती सुझाव समेत समेटिएको अन्तिम प्रतिवेदन हामीलाई प्राप्त भएको छ।

    मधुसुदन अधिकारी, सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

    छलफल

    मन्त्रालयका सचिव मधुसुदन अधिकारीले भने, “पूर्व सम्भाव्यता अध्ययनको प्रतिवेदन चीनमा गएर हामीले पहिले नै दुई पक्षका अधिकारीहरू बसेर हेरेका थियौँ र त्यसलाई अन्तिम रूप दिन हामीले केही सुझाव दिएका थियौँ। ती सुझाव समेत समेटिएको अन्तिम प्रतिवेदन हामीलाई प्राप्त भएको छ।”

    उनले चिनियाँ टोली केही दिन नेपाल रहने र त्यस क्रममा काठमाण्डू-पोखरा प्रस्तावित रेलमार्गको स्थलगत भ्रमण गर्ने जानकारी दिए।

    बहुचर्चित रसुवागढी-काठमाण्डू रेलमार्गबारे द्विपक्षीय वार्ता र छलफलहरू बाक्लिएका बेला रेल विभागका अधिकारीहरू नै तत्काल काम शुरू हुनेमा विश्वस्त देखिएनन्।

    पूर्व सम्भाव्यता र सम्भाव्यता पछि मात्र विस्तृत परियोजना प्रतिवेदन तयार हुन्छ अनि मात्र निर्माण शुरू हुन्छ। त्यो भनेको उही हाम्रो बुढेसकालमा हेर्ने हो, मेरो जागिरकालमा बन्ला जस्तो छैन। उनीहरूको प्रक्रिया नै लामो छ।

    बलराम मिश्र, महानिर्देशक, रेल विभाग

    विभागका महानिर्देशक बलराम मिश्र भन्छन्, “पूर्व सम्भाव्यता र सम्भाव्यतापछि मात्र विस्तृत परियोजना प्रतिवेदन तयार हुन्छ अनि मात्र निर्माण शुरू हुन्छ। त्यो भनेको उही हाम्रो बुढेसकालमा हेर्ने हो, मेरो जागिरकालमा बन्ला जस्तो छैन। उनीहरूको प्रक्रिया नै लामो छ।”

    उनले उक्त रेलमार्ग परियोजना बन्ने भूगोल विश्वकै विकटमध्येको एक भएकाले पनि धेरै जटिलता रहेको बताए।

    निर्माण भइसकेपछि भने यो रेलमार्ग पर्यटकीय स्थल बन्नुका साथै प्राविधिक हिसाबले समेत उदाहरण बन्ने उनको दाबी छ।

    रणनीतिक

    परराष्ट्र मामिलाका कतिपय विज्ञहरू यसलाई चीनको नेपाललाई नजिक राख्ने रणनीतिका रूपमा अर्थ्याउने गर्छन्।

    रसुवागढी-काठमाण्डू रेलमार्गको चर्चा धेरै हुन थालेपछि भारतले पनि वीरगञ्ज-काठमाण्डू रेलमार्गमा जोड दिनुले त्यसलाई पुष्टि गर्ने उनीहरूको तर्क छ।

    दुईतिर (भार र चीन) बाटै रेल सञ्जाल विकासमा एकआपसमा तछाडमछाड गरेकै देखिन्छ। त्यसकारण नै यो सञ्जाल विकास भएर नै छाड्छ।

    अर्जुनबहादुर थापा, पूर्व सचिव, परराष्ट्र मन्त्रालय

    तर, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को महासचिव रहिसकेका पूर्व परराष्ट्र सचिव अर्जुनबहादुर थापा नेपालमा रेल गुडाउन भारत र चीनबीच प्रतिस्पर्धा देखिएको भन्दै दुवै देशले त्यसको कार्यान्वयन गर्ने आशा व्यक्त गर्छन्।

    उनले भने, “दुई तिरबाटै रेल सञ्जाल विकासमा एकआपसमा तछाडमछाड गरेकै देखिन्छ। त्यसकारण नै यो सञ्जाल विकास भएर नै छाड्छ।”

    अधिकारीहरूका अनुसार दूरी छोटो भए पनि रसुवागढी-काठमाण्डू रेलमार्गको लगानी भने ठूलो हुनेछ।

    करिब ७२ किलोमिटर लामो हुने भनिएको उक्त रेलमार्गको ८० देखि ९० प्रतिशत भागमा पुल र सुरुङ हुने बताइन्छ।

    खर्च

    उच्च हिमाल र पहाड भएको भू-भागमा रेलमार्ग बनाउँदा करिब पौने तीन खर्ब रूपैयाँ लाग्ने चिनियाँहरूको प्रारम्भिक अनुमान रहेको बताइन्छ।

    उनीहरूले टोली पठाउनुले पनि के देखाउँछ भने उनीहरू यसमा सकारात्मक छन्, नेपालमा रेल आउनु चीनको निमित्त भन्दा पछि नेपालका निमित्त धेरै ठूलो कुरा हुन्छ।

    राजेश्वर आचार्य, चीनका लागि पूर्व नेपाली राजदूत

    सरकारले निकै प्राथमिकता दिएको जस्तो देखिए पनि लगानी र उपादेयताबारे टुङ्गो नै नलागिसकेकाले रसुवागढी-काठमाण्डू रेलमार्ग तत्काल निर्माण हुनेमा धेरैले विश्वास भने गर्न सकिरहेका छैनन्।

    चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्य भने चीनियाँहरूले देखाएको पछिल्लो चासो हेर्दा रेलमार्ग बनाइदिन उनीहरू निक्कै इच्छुक रहेको बुझिने बताउँछन्।

    उनी भन्छन्, “उनीहरूले टोली पठाउनुले पनि के देखाउँछ भने उनीहरू यसमा सकारात्मक छन्, नेपालमा रेल आउनु चीनको निमित्त भन्दापछि नेपालका निमित्त धेरै ठूलो कुरा हुन्छ।”

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर २५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.