गोरखा समाचारदाता
तनहुँको आँबुखैरेनी गाउँपालिका भित्र २ हजार भन्दा धेरै लागुऔषध दुव्र्यसनी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. १ को कार्यालयले गरेको लागुऔषध निषेध तथा मदिरा नियन्त्रण अभियान सम्बन्धि सचेतना कार्यक्रममा १२ देखि २५ वर्ष उमेर समुहका २ हजार भन्दा धेरै युवायुवतीहरु लागुऔषध दुव्र्यसनी रहेको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
वडा नंं. १ का वडा अध्यक्ष किसान थापाको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक सन्तोष रोक्काले सो तथ्याङ्क सार्वजजिक गरेका हुन् । आँबुखैरेनीमा लागुऔषध दुव्र्यसनीको दर बढ्दै गएको र समाजमा यसले बिकारल रुपले लिने भएकोले सचेतनाको लागि लागुऔषध निषेध तथा मदिरा नियन्त्रण अभियान सम्बन्धि सचेतना कार्यक्रम गरिएको वडा नं. १ का वडा अध्यक्ष किसान थापाले बताए । साथै, लागुऔषध निषेध तथा मदिरा नियन्त्रणका लागि ३३ सदस्यीय समिती समेत गठन गरिएको छ ।
यसैविच, आँबुैखैरनीमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान मनाइको छ । आँबुखैरेनी गाउँपालिका–१, बरादीमा एक बृहत अन्तरक्रिया तथा ¥यालीको आयोजना कार्यक्रम गरिएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. १ मा रहेको दिप ज्योती बचत तथा ऋण सहकारी संस्था, मस्र्याङ्गदी बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था र प्रभु बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सो अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
दिप ज्योती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरला घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले महिलाहरुलाई लिङ्गको आधारमा भेदभाव गर्नु सामाजिक अपराध रहेको र लैंंगिक हिंसालाई सधैको लागि अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।


