गोरखा समाचारदाता
बाचि बस्नु पर्छ धेरै कुरा सुन्न र देख्न पाईन्छ । हुन त पैसा भयो भने जन्म दिने आमा बाहेक सबै पाइन्छ भनेर हामीले सानै देखी सुन्दै आएको पनि हो । हो यस्तै कुराको सत्यता चिनमा देखीन थालेको छ । जन संख्या र बिकासले नै विश्वको पहिलो देश भनेर चिनिने चिनमा धेरै कुरा पाइने रहेछ भन्ने कुरा हिजो आज धेरै थाहा पाउन थालेका छन ।
धेरैका गर्लफ्रेन्डले खल्ती रित्ताई दिने र नखरा धेरै गर्ने गर्दछन । धेरै जसोको पिडा नै यही छ अहिले । अब नआत्तिनुस यो समस्याबाट मुत्ती पाउनका लागि चिनले भाडामा गर्लफ्रेन्डको ब्यवस्था मिलाई दिएको छ । त्यो पनि २० मिनेटको जम्मा २० रुपैयाँमा ।
सुन्दैमा अनौठो लाग्ने यो कुरा चिनको गुआंगडोंमा रहेको एक स्टोरले यस्तो सेवा उपलब्ध गराउन थालेको हो । त्यस स्टोरमा गएर कुनै पनि पुरुषले मन पराउने युवतीलाई भाडामा लिन सक्छन ।
तर भाडामा लिएको युवती संग भने धेरै सुविधा पाउन सकिने छैन । भाडाकी उत्त गर्ल फ्रेन्ड संग समय लिएर खाना खान तथा नजिकै रहेको सपिङ्ग मलमा सामान किन्न बाहेक अरु भने केही सुविधा पाइने छैन ।
तपाईले यती कुरा २० मिनेटमा सक्नु भएन भने अतिरिक्त समयको अतिरिक्त भाडा स्टोले लिने गर्दछ ।
भाडाकी गर्लफ्रेण्डको अनुमतिविना तपाई उसलाई छुन पनि पानुहुने छैन तर अनुमति पाएको खण्डमा उसलाई छुन सम्म पाइन्छ ।




















