×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५० मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘स्मार्ट भिलेज’बनाउन प्रेरित गर्दै नास्ट

  •  
  • बिहिबार, मङि्सर २०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, मङ्सिर २० गते । गाउँमा शहरी क्षेत्रमा जस्तै वाइफाईको सहज सुविधा हुनेछ । पहिरोको सम्भावित क्षेत्रवरपर वस्ने नागरिकले पहिरो आउनुभन्दा केही समयपहिले नै पूर्वसूचना पाउनेछन् । भूकम्पको पूर्वसूचना पाएकै आधारमा आउनु पहिले नै सबै पूर्वतयारीमा लाग्नेछन् । जम्मा भएको पोलिथिनलगायत फोहर दिनका लागि नागरिकले पैसा तिर्ने होइन उल्टो पाउनेछन् । विद्युतीय सवारीसाधनका कारण धुँवा र धुलेको मुस्लो देख्नुपर्ने छैन ।

    फूर्तिलो गाउँ (स्मार्ट भिलेज) को दृश्य हो यो । यी सबै वा कतिपय ठाउँमा कुन बढी आवश्यक छ त्यही कुरा त्यहाँ शुरु गराउन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले विभिन्न स्थानमा कार्यशाला थालेको छ । प्राविधिक सहयोग नास्टले गर्ने भन्दै स्थानीय सरकारलाई आफ्नो ठाउँमा प्रविधि भित्र्याउन प्रेरित गरिरहेको छ । स्मार्ट भन्ने कुरा ठाउँअनुसार फरकफरक हुनसक्ने प्रतिष्ठानका प्रविधि सङ्कायका प्रमुख डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । कुनै ठाउँका लागि जुन कुरा ‘स्मार्ट’ हो त्यही कुरा अर्काे स्थानका लागि त्योभन्दा नयाँ कुरा चाहिन सक्छ ।

    गत वर्ष धुर्मुस–सुन्तली फाउण्डेशनमार्फत कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले महोत्तरीमा मुसहर गाउँमा एकीकृत बस्ती निर्माण गरेको थियो । त्यही स्थानमा शौचालयको प्रयोगदेखि सरसफाइलगायत जीवनोपयोगी ज्ञान नास्टले सिकाएको छ । ढकालले भन्नुभयो, “कुन कुन काम गर्दा साबुनपानीले हात धुनुपर्छ भनेर शुरु गर्नु पनि त्यहाँका लागि उपयोगी हुन्छ ।” अहिले पनि अधिकांश ठाउँमा वाइफाई हुनु मात्रै त्यस ठाउँ ‘स्मार्ट’ हुनु हो भन्ने बुझाइ रहेको डा ढकालले बताउनुभयो । पेट्रोलबाट गुड्ने सवारीसाधनले धुँवाधुला फैलाउने हुँदा विद्युतीय सवारी साधनको प्रयोग बढाउन नास्टले सरकारलाई सुझाव दिइरहेको छ ।

    फोहोरमैलाको व्यवस्थापन अहिले नगर क्षेत्रका लागि प्रमुख चुनौतीका रुपमा देखिएको छ । स्मार्ट तरीकाबाट फोहोर व्यवस्थापन गर्दा फोहोर समस्याभन्दा पनि सम्भावना बन्ने उहाँले बताउनुभयो । नास्टले पोलिथिनबाट पेट्रोलियम पदार्थ निकाल्ने प्रविधि स्थानीय सरकारलाई कार्यशालामार्फत देखाउँदै र शुरु गर्न प्रेरित गर्दै आएको छ । पोलिथिनबाट पेट्रोलियम पदार्थ निकाल्दा एकातिर फोहोर व्यवस्थापनमा सहज हुन्छ भने अर्कातिर पेट्रोलको आयात केही परिमाणमा भए पनि कम गर्न सकिन्छ । कुहिने र नकुहिने दुवै फोहोरको ‘स्मार्ट’ तरिकाबाट व्यवस्थापन गर्न सकिन्छ । उहाँले भन्नुभयो, “पोलिथिनबाट पेट्रोलियम पदार्थ उत्पादन गरेपछि नकुहिने फोहरबाट मल बनाउन सकिन्छ ।”

    घरायसीदेखि सामुदायिक काममा समेत ‘स्मार्ट’ तरिका अपनाउन सकिने नास्टले बताउँदै आएको छ । यीमध्ये कतिपय प्रविधि सरल र सस्तो पनि छन् । धारोमा पानी थाप्दा भरिएपछि आफैँ बन्द हुने वा शौचालयमा फल्स भएर खेर जाने पानीलाई पुनः प्रयोग गर्न सकिने तरिकाले त्यस ठाउँलाई ‘स्मार्ट’ बनाउने प्रमुख ढकालले बताउनुभयो । उहाँँले भन्नभयो, “भइरहेको सामग्रीमा नयाँ प्रविधि थपेर वा भएका स्रोत सामग्रीको प्रयोगबाट जीवनमा सहजता ल्याउन यसले सघाउँछ ।”

    ‘स्मार्ट भिलेट’को अहिले राम्रो सम्भावना रहेको प्रमख ढकालले बताउनुभयो । एकातिर स्थानीय सरकार पहिलेभन्दा अधिकारसम्पन्न छ भने अर्कातिर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएका छन् । झट्ट सुन्दा चासो देखाए पनि धेरै स्थानीय सरकारले नयाँ प्रविधि शुरु गरिहालेका भने छैनन् । उहाँले भन्नुभयो, “यस्तो पनि हुन्छ भनेर अचम्ममा पर्नुहुन्छ तर नयाँ कुरा कसरी शुरु गरिहाल्ने भन्ने अन्यौलमा उहाँहरु पनि हुुनुहुन्छ ।”

    विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने संस्था नास्टले अध्ययनको निष्कर्ष विभिन्न माध्यमबाट बाँड्ने गर्छ । यसले नयाँ प्रविधिको परीक्षणपश्चात् प्रविधि हस्तान्तरण गर्दै आएको छ । नास्टले विभिन्न कार्यक्रममार्फत प्रविधिका बारेमा बुझाउने र शुरु गर्न स्थानीय सरकारलाई प्रेरित गर्ने गरेको छ । नास्टले धेरै नगरपालिका र गाउँपालिकामा गएर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीसँग छलफल गरिरहेको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.