×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बंगलादेशमा कालो सूचीका ३७ मेडिकल कलेजमा नेपाली विद्यार्थी (क्याम्पसको नामसहित)

  •  
  • शनिबार, मङि्सर १५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • ६ सयभन्दा बढी विद्यार्थीको भविष्य अन्योलमा

    अतुल मिश्र

    मंसिर १५, २०७५ (ढाका/बंगलादेश) — बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सयभन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको छ । नेपाल मेडिकल काउन्सिलले त्यस्ता कलेजमा अध्ययनरत विद्यार्थीले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति नपाउने स्थिति आउन सक्ने उल्लेख गरेको छ ।

    काउन्सिलका अनुसार हाल मुलुकबाहिर सबैभन्दा बढी मेडिकलका विद्यार्थी बंगलादेशमै छन् । नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका अनुसार यहाँका मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।

    ढाकास्थित नेपाली दूतावासले गत वर्ष परराष्ट्र तथा शिक्षा मन्त्रालय र मेडिकल काउन्सिललाई पत्र पठाएर कालो सूचीका मेडिकल कलेजबारे जानकारी दिएको थियो । त्यस्ता समस्याग्रस्त मेडिकल कलेजमा विद्यार्थी नपठाउनसमेत दूतावासले आग्रह गरेको थियो । बंगलादेशका नेपाली राजदूत डा. चोपलाल भुसालले उक्त कालो सूची कायमै रहेको बताए । ‘अध्ययनका लागि सहमति दिँदा थप सजगता अपनाउन हामीले गत वर्षदेखि नै मुलुकका आधिकारिक निकायलाई आग्रह गर्दै आएका छौं,’ उनले भने ।

    बंगलादेशको मेडिकल तथा डेन्टल काउन्सिल (बीएमएन्ड डीसी), स्वास्थ्य मन्त्रालय तथा विश्वविद्यालय अनुदान आयोगसँग कुनै समस्या भएका वा अदालतमा कुनै मुद्दा भएका मेडिकल कलेज/विश्वविद्यालयका आधारमा कालो सूची तयार पारिएको हो । विगतमा अनुपयुक्त मेडिकल कलेजमा भर्ना भएका नेपाली विद्यार्थीको अन्य उपयुक्त मेडिकल कलेजमा स्थानान्तरण निकै चुनौतीपूर्ण रहेको औंल्याउँदै डा. भुसालले त्यसका लागि दूतावासले पहल गरे पनि सहज नरहेको दाबी गरे ।

    कालो सूचीको मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले कान्तिपुरसँग भने, ‘हो हामीलाई थाहा छ, हाम्रो भविष्य अन्योलग्रस्त भइसक्यो, तर बुबाले जग्गा बेचेर यहाँ पढाउन पठाउनुभएको कुरा कसरी बिर्सने ।’ उनले भर्नाका बेला लिइने उच्च शुल्कका कारण अब पढाइ पनि छाड्न नमिल्ने अवस्था रहेको र भविष्यमा केही त होला भन्ने आसमा पढाइ जारी राखेको बताए । उनले आफूमात्र नभई सयौंको संख्यामा अन्य विद्यार्थीले नेपालको सरकारी निकायबाट कुनै अनुमतिपत्रसमेत नलिई यहाँ अध्ययन जारी राखेको दाबी गरे ।

    यस्तै, मेडिकल कलेजमा अध्ययनरत अर्का एक विद्यार्थीले आफू कन्सल्टेन्सीको ठगीको सिकार भएर यहाँ पढ्न बाध्य भएको दु:खेसो पोखे । ‘भर्ना गर्दा नै १० लाख जति तिरिसकें, अब पढ्न कसरी छाड्ने,’ उनले कान्तिपुरसँग भने, ‘हाम्रो मुलुकका निकायहरूले विशेष पहल गरेर यो समस्याको निकास खोज्नुपर्छ, नत्र थुप्रै नेपाली विद्यार्थी मानसिक विक्षिप्तताको स्थितिमा पुग्नेछन् ।’

    कालो सूचीमा रहेका कलेज बन्द भए त्यसको जिम्मा कसले लिनेजस्ता प्रश्नसमेत उठेका छन् । नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका अध्यक्ष नवीन यादवले कालो सूचीका मेडिकल कलेजमा पढ्ने नेपाली विद्यार्थीको यकिन संख्या र स्थिति अन्योलग्रस्त रहेको बताए । नेपाली दूतावासमा सम्पर्क गरेर वस्तुस्थिति बुझेर नेपाल मेडिकल काउन्सिलको स्वीकृतिपत्र लिएर विद्यार्थी भिसामा आउनुपर्ने यादव बताउँछन् ।

    बंगलादेशका मेडिकल कलेजमा डिसेम्बर अन्तिम सातादेखि भर्ना सुरु हुने औंल्याउँदै यादवले अहिले नै कन्सलटेन्सी, दलालमार्फत मात्र नभई विद्यार्थी आफंैले समेत सिट बुक गर्न लागेको जनाए । उनका अनुसार अझै कालो सूचीका मेडिकल कलेजमा समेत अवैध रूपमा नेपाली विद्यार्थीको भर्ना जारी छ । ‘कालो सूचीका मेडिकल कलेजमा गत वर्षदेखि हामीले पढ्न अनुमति दिने गरेका छैनौं,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्मा भन्छन्, ‘तर धेरैजसो विद्यार्थीले काउन्सिलबाटै स्वीकृति लिएरै यस्ता कलेजमा गएका हुन् ।’ काउन्सिलले बारम्बार सचेत गराउँदासमेत नेपाली विद्यार्थी बंगलादेशका अन्योलग्रस्त कलेज/विश्वविद्यालयमा पढ्न गएको दाबी उनले गरे । कालो सूचीका मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी भविष्यमा मुलुकमा चिकित्सकीय अभ्यास गर्न नपाउने स्थितिसमेत आउन सक्ने उनले बताए ।

    हाल तेस्रो वर्षदेखि अन्तिम वर्षसम्मका विद्यार्थी कालो सूचीका मेडिकल कलेजमा पढिरहेका छन् । ‘त्यस्ता कलेजमा कति विद्यार्थी छन् भन्ने यकिन तथ्यांक छैन,’ राजदूत डा. भुसालले भने । उनले विभिन्न सूचनाका आधारमा यस्ता मेडिकल कलेजमा ६ सयदेखि करिब एक हजारसम्म नेपाली विद्यार्थी पढिरहेको आकलन गरिएको बताए । दूतावास स्रोतका अनुसार कन्सल्टेन्सी, दलाललगायतको भर परेर सरकारी निकायको अनुमतिबिना पढिरहेकाहरू, पर्यटक भिसाका, कालो सूचीका कलेजमा पढिरहेको भए पनि भविष्यमा सबै सहज हुने आशामा दूतावासलाई सूचना नदिएका कारण पनि यकिन संख्या किटान गर्न नसकिएको हो । बीएमएन्डडीसीका अनुसार बंगलादेशमा मान्यता प्राप्त ९३ मेडिकल र डेन्टल कलेज छन् । यसअन्तर्गत २३ वटा सरकारी र ५५ वटा गैरसरकारी मेडिकल कलेज छन् भने एउटा सरकारी र १४ गैरसरकारी डेन्टल कलेज छन् ।

    ०००

    कालोसूचीका मेडिकल कलेज/विश्वविद्यालय

    १.नर्थन इन्टरनेसनल मेडिकल कलेज, धानमुन्डी, ढाका

    २.केयर मेडिकल कलेज, इकवाल रोड, मोहम्मदपुर ढाका

    ३.शाहबुद्दिन मेडिकल कलेज, गुलसन, ढाका

    ४.आइची मेडिकल कलेज, अब्दुल्लाहपुर, ढाका

    ५. अल(डिन बसुन्धरा मेडिकल कलेज, साउथ केरनीगन्ज, ढाका

    ६.साफेना डेन्टल कलेज, डीआईटी रोड, ढाका

    ७. नर्थन मेडिकल कलेज, मेडिकल इस्ट एरिया, रंगपुर

    ८.सिटी मेडिकल कलेज, गाजीपुर

    ९.नाइटिंगेल मेडिकल कलेज, साभार

    १०.बीजीसी ट्रस्ट मेडिकल कलेज, चिटगाउँ

    ११.जलालावाद रागिव(रवैया मेडिकल कलेज, सिलहट

    १२.युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी, चटगाउँ

    १३.गोनोस्वास्थ्य समाज भित्तिक मेडिकल कलेज, साभार

    १४.द पिपुल्स युनिभर्सिटी अफ बंगलादेश

    १५.युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी, चटगाउँ

    १६.आईबीएआईएस युनिभर्सिटी

    १७.क्विन्स युनिभर्सिटी

    १८.सिलहेट इन्टरनेसनल युनिभर्सिटी

    १९.साउद्रन युनिभर्सिटी बंगलादेश

    २०.प्रिमियर युनिभर्सिटी

    २१.ब्रिटानिया युनिभर्सिटी

    २२.गोनो विश्वविद्यालय

    २३.आसियान मेडिकल कलेज

    २४.बसुन्धरा एड(डिन मेडिकल कलेज

    २५.अब्दुल हमिद मेडिकल कलेज

    २६.ब्रम्हनबरिया मेडिकल कलेज

    २७.युनिभर्सल मेडिकल कलेज

    २८.केयर मेडिकल कलेज

    २९.पार्कभ्यु मेडिकल कलेज

    ३०.यूएस बंगला मेडिकल कलेज, नारायणगन्ज

    ३१.चट्टग्राम इन्टरनेसनल मेडिकल कलेज

    ३२.विक्रमपुर भुइयान मेडिकल कलेज

    ३३.मोनोआरा सिक्दर मेडिकल कलेज

    ३४.मेराइन सिटी मेडिकल कलेज, राजशाही

    ३५.शाह मक्दुम मेडिकल कलेज, राजशाही

    ३६.एचएमसीएच मेडिकल कलेज, चटगाउँ
    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर १५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.