×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सरकार कानुनी शासन विपरित स्वेच्छाचारी भएको डिएलएको आरोप

  •  
  • बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • कानुनको परिपालनाका लागि दवाव दिन देशव्यापी अभियान चलाउने तयारी

    प्रजातन्त्रवादी काननु व्यवसायीहरुको संस्था डेमोक्र्याटीक लयर्स एशोसिएसन (डिएलए)ले बर्तमान सरकारले दण्डहिनतालाई प्रश्रय दिएको भन्दै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । अपराधीलाई पक्ष पोषण गर्ने सरकारको शंकास्पद भूमीकाले नागरिक सुरक्षाको अनुभुति हुन नसकिरहेको डिएलएको ठम्याई छ ।

    देशका विभन्न ठाउँहरुमा भएका घरेलु हिंसा, बलात्कार, हत्या, अपहरण तथा यौनजन्य हिंसाको कारण महिला तथा बालबालिकाहरु असुरक्षित भईरहेकाले त्यस तर्फ तत्काल संवेदनशिल हुन डिएलएले आह्वान पनि गरेको छ । निर्मला पन्तको बलात्कार पश्चात भएको हत्या सम्बन्धमा लामो समयसम्म पनि अपराधीको पहिचान गरी कानुनी दायरमा ल्याउन राज्य संयन्त्र उदासिन भएको डिएलएको आरोप छ ।

    आफ्नो २९औं स्थापना दिवसको अवसरमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा डिएलएका अध्यक्ष योगेन्द्र बहादुर अधिकारीले वर्तमान राज्य सत्ताबाट प्रेस स्वतन्त्रता, कानुनी राज्य, मानव अधिकारको पालना हुन नसकिरहेको टिप्पणी गर्नुभयो । उहाँले सरकारको गतिविधि हरेक दृश्टीकोणले आलोच्य र शंकास्पद रहेको बताउदै कानुनको परिपालनाका लागि सरकारलाई दवाव दिन देशव्यापी अभियान चलाउने तयारी भईरहेको जानकारी पनि दिनुभयो ।

    संसदीय सुनुवाई समिति, सरकार र सत्तारुढ दलको प्रत्यक्ष दबाबमा न्यायपालिकाको स्वतन्त्रतालाई प्रभावित पारी न्यायाधीशलाई कार्यपालिकाको नियन्त्रणमा राख्ने भावनाबाट राज्य संचालकहरु ग्रसित रहेको उहाँको ठम्याई छ । त्यसैगरी कानुन बमोजिम नियूक्त भएका विभिन्न निकायका पदाधिकारी तथा राजदुतहरुको समयावधी पुरा नहुदै प्राकृतिक न्यायको सिद्धान्त विपरीत निस्कासन गर्ने सरकारका क्रियाकलापहरु स्वेच्छाचारी देखिएको डिएलएले जनाएको छ ।

    अध्यक्ष अधिकारीले भन्नुभयो, “देशमा बढदो भ्रष्टाचार, मंहगी र कालोबजारीलाई नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्ने दिसामा सरकार उदासिन रही आफना कार्यकर्ताको पक्षपोषण गर्ने दिसा तर्फ अग्रसर रहेको देखिन्छ ।” पहिल्लो समय नेपाल सरकार मन्त्रीपरिषदबाट भएका निर्णयहरु गोप्य राख्ने कार्य अत्यन्त शंकास्पद रहेको डिएलएका उपाध्यक्ष राजु कटुवालले बताउनु भयो । उहाँले परराष्ट्रनिती तथा कुटनितिक मर्यादालई सरकारले पालना गर्न नसकेको पनि टिप्पणी गर्नुभयो ।

    डिएलएले स्थापना दिवसको अवसरमा तीन दिने कार्यक्रमको आयोजना गरेको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिनुभयो । स्थापना दिवसको अघिल्लो दिन हिजो डि एल ए केन्द्रिय कार्यालय, जेसीज भवन, थापाथलीमा पत्रकार अन्तरक्रिया र महिला हिंसा तथा मि टु अभियान सन्दर्भमा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको महासचिव रावलले बताउनुभयो ।

    तीन दिने कार्यक्रम अन्तर्गत आज काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा शाशंका कोईरालालगायतका नेताहरुको उपस्थीतिमा अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा विषेश समारोहको आयोजना गरिएको र भोली नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गमा बिहान ८ बजे देखि रक्तदान कार्यक्रम आयोजना गरिएको महासचिव रावलले जानकारी दिनुभयो ।

    स्वतन्त्र र सक्षम न्यायप्रणाली स्थापना गर्न, एकतन्त्रीय एवं अधिनायकवादी विचार, व्यवस्था र प्रवृत्तिका विरुद्ध कानुन व्यवसायीहरूलाई सङ्गठित गरी विधिको शासन तथा लोकतान्त्रिक प्रणालीको स्थापनामा प्रयत्नशील रहने उद्देश्यले डिएलएको स्थापना २०४७ साल मंसीर ५ गते भएको हो ।

    यसको संस्थापक अध्यक्ष स्व. लक्ष्मणप्रसाद अर्याल हुनुहुन्छ भने महादेव प्रसाद यादव, यज्ञमुर्ति बन्जाडे, बसन्तराम भण्डारी, शेर बहादुर के.सी., प्रा.डा. रंन्जितभक्त प्रधानाङ्ग, बाबुराम कुँवर, उपेन्द्रकेशरी नयौपाने, यदुनाथ खनाल, गोपालकृष्ण घिमीरे र भरत प्रसाद खरेलले डिएलएको अध्यक्षको रुपमा नेतृत्व गरिसक्नु भएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.