कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २३ गते । यमपञ्चकको पाँचौ दिन आर्थत आज भाई टिका । आज दिदीबहिनीहरुले आफ्ना दाजुभाईहरुलाई सप्तरंगी टिका सहित मखमली र सयपत्रीका माला लगाइदिने प्रचलन रही आएको छ । टिकाको साईत भने ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग समितिले यस अघि नै सर्व साधारणलाई जानकारी गराई सकेको छ ।
चेलीहरुले टिका लगाई दिदाँ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टीका लगाई लगाई दिन्छन । साथै दाजुभाइले पनि आजै दिदी बहिनीहरुलाई अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने आशाका साथ टिका लगाई दिएर उपहार वा नगद दिने चलन छ ।
परम्परा अनुसार दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाइदिने गरिन्छ । सप्तरगी टिकामा रातो, सुन्तला, पहेलो, हरियो, निलो, निर र बैजनी रंग लगाईदिने गरिन्छ ।टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने गर्दछन ।




















