कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २० गते । यमपञ्चकको आज दोस्रो दिन अर्थात मङ्गलबार आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाउने गरिन्छ ।
वैवस्यत मन्वन्तर कुलमा जन्मिएका कुकुरले युधिष्ठिरलाई स्वर्ग यात्रा गराएको कथन पुराणमा सुन्न पाइन्छ । कुकुरको सुँघ्न सक्ने क्षमता अन्य जनावरभन्दा धेरै हुने र सँधै चनाखो रूपमा रहने भएका कारण कुकुरलाई सधैँ श्रद्धाभावले हेर्ने गरिन्छ ।
शत्रु र मालिकको सहजै पहिचान गर्ने क्षमता कुकुरमा हुन्छ भनिन्छ । ज्योतिष शास्त्रका अनुसार कुकुर एकोहोरो रूपमा रोएमा निकै अशुभ मानिन्छ । हिन्दु धर्ममा कुकुरलाई भैरवका रुपमा पुज्ने चलन छ ।


