- समूहका फरार सदस्यलार्इ समेत रकम पठाउने गरेको खुलासा
१८ कात्तिक, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचन पक्राउ परेकी छन् ।
यसअघि महाशाखाले पक्राउ गरेको बस्न्यात समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीको बयानका आधारमा शेरचनलाई पक्राउ गरिएको हो ।
महाशाखाको विशेष प्रहरी टोलीले शेरचनलाई आइतबार स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट मायालार्इ पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले पुष्टि गरे ।
स्रोतका अनुसार यसअघि पक्राउ परेका ३ जनाले मायाले नै आफूहरुलाई हतियार दिएको बयान दिएका थिए ।
महाशाखा स्रोत भन्छ, ‘बुटवलका युवा संघका नेता दुर्गा तिवारी, गौचन र गुन्डा नाइके दावा लामामाथि भएको गोली प्रहारको घटनामा प्रयोग भएको पेस्तोल मायाले उपलब्ध गराएको बयानपछि उनलाई पक्राउ गरेका हौं ।’
onlinekhabar


