×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

महोत्सवमा भीरमह

  •  
  • शुक्रबार, कार्तिक १६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • मंसिरको पहिलो साता हुने मस्र्याङ्दी महोत्सवमा महसिकारीले छंगाछुरमा डोरीमा झुन्डिएर भीरमह झिक्ने

    आश गुरुङ

    कार्तिक १६, २०७५ लमजुङ — अग्ला र अप्ठ्यारा भीरमा जंगली मौरीले बनाउने घार हेर्दै कहालीलाग्दा ठाउँमा हुन्छन्  । परम्परादेखि जोखिम मोलेर भीरमौरीको मह झिक्ने चलन अझै छँदैछ  ।

    चलचित्र र सञ्चारमाध्यममा तस्बिर देखेकाहरूले अब भीरमह झिकेको प्रत्यक्ष हेर्न मन भए मस्र्याङ्दी महोत्सव पुगे हुने भएको छ ।

    मंसिर पहिलो साता हुने महोत्सवका बेला महसिकारीहरूले छंगाछुरमा डोरीमा झुन्डिएर भीरमह झिक्ने भएका छन् । महोत्सव अवलोकनका लागि आउनेलाई देखाउन यस्तो समय पारिएको हो । पर्यटक र पाहुनाले चार दिने महोत्सव अवधिभर होमस्टेमा बास पाउनेछन् ।

    स्थानीय तह गठनपछि जिल्लामा मस्र्याङ्दी गाउँपालिकाले पहिलोपटक महोत्सवको आयोजना गर्न लागेको हो । मंसिर ३ देखि प्रथम मस्र्याङ्दी महोत्सव हुने भएको छ । पर्यटकले मंसिर ४ मा मस्र्याङ्दी गाउँपालिकाको घनपोखरा भीरमा हुने भीरमहको सिकार हेर्न पाउने महोत्सव आयोजकले बुधबार बेंसीसहरमा पत्रकार भेटघाट गरी जनाएका हुन् । महोत्सव संयोजक एवं गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आन्तरिक तथा बाह्य पर्यटकलाई साँझ बास बस्न होमस्टे गाउँ लगिने बताए ।

    चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी २ खुदीस्थित अमर माविको प्रांगणमा महोत्सव हुने भएको छ । ‘सिंगो गाउँपालिकाभित्र ८ वटा गाउँमा होमस्टे सञ्चालनमा आइसकेको छ । अब ५ गाउँमा तयारी छ,’ उनले भने, ‘हामी पर्यटक पाहुनालाई बजारमा होइन, गाउँमा बसेर गाउँकै अर्गानिक चखाउन चाहन्छौं ।’ मस्र्याङ्दी गाउँपालिकाको घनपोखरा, सिउरुङ, ढगैं, भुष्मे, मिप्रा र छापालगायत गाउँमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे पदयात्रा मार्गबाट पुग्न सकिन्छ । मोटरमा जानेका लागि पनि सडकको अवस्था सुधार गरिएको उनले बताए ।

    हरिबोधनी ठूलो एकादशी पर्वको अवसर पारेर गरिन लागेको महोत्सवलाई सफल बनाउन अध्यक्ष गुरुङको संयोजकत्वमा १ सय २५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । १५ सदस्यीय सचिवालय र १० वटा उपसमिति समेत गठन गरिएको आयोजकले जनाएका छन् ।

    महोत्सवमा धार्मिक मेला, छेलो प्रतियोगिता, कृषि तथा स्थानीय उत्पादन प्रदर्शनी, स्थानीय कला संस्कृतिको प्रदर्शन, होमस्टेसहितका विभिन्न पर्यटकीय स्थानको भ्रमण, आर्गानिक खाना, मनोरञ्जनात्मक कार्यत्रक्रम, भलिबल, मिनी म्याराथुन दौड, माविस्तरीय नृत्य प्रदर्शनी र वडास्तरीय दोहोरी गीत प्रतियोगितालगायत आयोजना गरिने महोत्सव प्रचार उपसमितिका संयोजक रहेका गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए ।

    महोत्सवमा ३० वटा स्टल राखिने भएका छन् । २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । १ करोडको आर्थिक कारोबार हुने दाबी गरिएको महोत्सव सञ्चालनका लागि १६ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएका छन् ।

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक १६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.