काठमाडौँ — काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । दसैंअघिसम्म मुलुकका अधिकांश भागमा गर्मी महसुस भएपनि दसैंलगत्तै तापक्रम घटेर चिसो हुन थालेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम २५.५ डिग्री सेल्सियस छ। आइतबार सबभन्दा कम जुम्लामा न्यूनतम तापक्रम ०.७ र अधिकतम तापक्रम १९.६ डिग्री सेल्सियस तथा सबभन्दा बढी विराटनगरमा न्यूनतम तापक्रम १८ डिग्री र अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियस छ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आइतबार ८ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ। तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस हुन थालेको छ। दिउँसोको समयमा भने तापक्रम खासै घटेको छैन।
वीरेन्द्रनगरको न्यूनतम तापक्रम ९.७ र अधिकम तापक्रम २९ डिग्री, सिमराको न्यूनतम तापक्रम १४ र अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस, दाङको न्यूनतम तापक्रम ११.५ डिग्री र अधिकतम तापक्रम २९.४ डिग्री सेल्सियस मापन गरिएको छ। धनकुटाको न्यूनतम तापक्रम १२.८ र अधिकतम तापक्रम २६.१ डिग्री सेल्सियस तथापोखराको न्यूनतम तापक्रम १२.२ र अधिकतम तापक्रम २६.५ डिग्री छ। न्यूनतम तापक्रम अझै घटदै जाने आँकलन महाशाखाको छ।
kantipur




















